काठमाडौँ । आज संघीय संसद् अन्तर्गत रहेका दुई संसदीय समितिको बैठक बस्ने भएको छ । बैठक अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बसने बताइएको छ । अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि तय गरिएको छ। बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे सरोकारवाला निकाय र विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ।
त्यसअघि बिहान ११ बजे सिंहदरबारमा उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ। उक्त बैठकमा निकासी पैठारी ९नियमन० विधेयक, २०८१ सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।