Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने भेट्न रास्वपा कार्यवहाक सभापति डोलप्रसाद अर्याल भैरहवा कारागार पुगे

रवि लामिछाने भेट्न रास्वपा कार्यवहाक सभापति डोलप्रसाद अर्याल भैरहवा कारागार पुगे

काठमाडौँ । रवि लामिछाने लाई थुनामा पठाउने आदेश सदर भएसँगै रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्याल भैरहवा पुगेका छन । अर्याल रवि लाई भेट्न भैरहवा पुगेको बताइएको छ । आज रसुवा जिल्लामा हुने भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपनि अर्यालले त्यहाँ अन्य नेताहरुलाई पठाएर आफू रुपन्देही तर्फ लागेका रास्वपाका नेताहरुले जानकारी दिएका छन । सचिवालय र केन्द्रीय समिति बैठक अघि कार्यावाहक सभापति डिपी अर्याल सभापति रवि लामिछानेलाई भेटेर फर्किएका हुन । शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनमुक्त गर्न अस्वीकार गरेपछि उनी आफ्ना अन्य सारा काम छोडेर रुपन्देही कारागार पुगेको बताइएको छ । सर्वोच्चको आदेशलगत्तै रास्वपाको केन्द्रीय सचिवालय बैठक बसेको थियो ।

रूपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा लामिछाने रूपन्देही कारागारमा थुनामा छन । यतिबेला रास्वपामा सभापतिको जिम्मेवारी डिपी अर्यालले सम्हालेका छन । रवि लाई थुनामुक्त गरी मुद्दाको पुर्पक्ष गर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै आदेश सदर गरेको छ । न्यायाधीशहरू डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।