Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भैरहवा कारागारमा रवि लामिछानेको दैनिकी कस्तो छ ?

भैरहवा कारागारमा रवि लामिछानेको दैनिकी कस्तो छ ?

काठमाडौँ । सहकारीको रकम अपचलनको आरोपमा चैत २२ गते पक्राउ परेका रवि लामिछानको भैरहवा कारागारमा बसेको ५० दिन पुगेको छ । बुटबलको सुप्रिम सहकारीको रकम अपचलनमा पक्राउ परेका रवि अब जिल्ला अदालतबाट मुद्दा नटुंगिएसम्म थुनामै रहने भएका छन । पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन । तर, पटक–पटक पेसी सारेर ढिलो गरी शुक्रबार सुनुवाइ सकेको सर्वोच्चले रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । सहकारीको रकम अपचलनको आरोपमा पटक पटक पक्राउ पदैँ छुट्दैँ गरेका लामिछाने पुन पक्राउ परेर भैरहवा कारागारमा रहेका छन । कारागार प्रशासनका अनुसार उनलाई ब्लक नम्बर ४ को हिरासत कक्षमा राखिएको छ ।

उनी कारागारमा रहँदै गर्दा विहानै छिट्टै उठ्ने,व्यायम गर्ने,पढ्ने र आफन्तीहरुलाई भेट्ने गरेका छन । उनी सबेरै उठेर एक घन्टा व्यायम गर्ने गरेको र त्यसपछि खाजा खाने गरेको प्रशासन स्रोतकाmे भनाई छ । रविले खाजामा रोटी, तरकारी, फलफूल खाने गरेका छन । उनले खानामा कारागार भित्रै बनेको दालभात खाने गरेको बताइएको छ । साँझमा रविले रोटी र अन्य खानेकुरा खाने गरेका छन । सहकारीका नामुद ठग जिबी लाई समात्न नसकेको सरकारले सबै दोष नै रविको ठाउँमा थुपारेको छ । उनी बिरुद्ध ५ ओटा सहकारीका रकम अपचलन गरेको आरोप लागेको छ। कारागार प्रशासनका कर्मचारीका अनुसार सभापति लामिछानेको अधिकतम समय अध्ययनमै बित्ने गरेको छ । कारागारमा पत्रिका नआउँने र टेलिभिजन, रेडियो, अनलाइन पोर्टल हेर्ने सुविधा पनि रहेको छैन । लामिछानेले दास्तावेजहरु प्नि पढने गरेका छन । लामिछानेको कक्षमा किताबको चाङ नै छ ।

लामिछानेले नेपाल इन द लङ १९५०, नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष, दिस ग्रेस नोबेलजस्ता पुस्तक अध्ययन गरिरहेका छन । अध्ययनका साथै लामिछानेले डायरी पनि लेख्ने गरेका छन । यसअघि लामिछानेको डायरी प्रहरीले खोसेर गायब पारेको थियो । उनलाई भेट्नेले पनि पुस्तक उपहार दिने गरेका छन । यतिबेला रवि लाई मात्रै किटानी जाहेरी नदिएको भनेर खुल्नेको संख्या पनि बढेको छ । सामान्य निवेदन दिएको तर प्रहरीले नै किर्ते गरेर आफुहरुको नाम दुरुपयोग गरेको भनेर आरोप लगाउँने संख्या बढेको छ ।

कारागार प्रशासनको अभिलेखअनुसार विभिन्न दलका नेता लामिछानेलाई भेट्न भैरहवा पुगिरहन्छन । भेट्न आएका नेतासँग लामिछानेले राज्यको व्यवहार र सहकारीपीडितले बचत फिर्ता नपाएको अवस्थाप्रति दुःख व्यक्त गर्ने गर्ने गरेका छन ।