Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई बर्खास्त गर्न तोसिमा कार्कीको माग

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई बर्खास्त गर्न तोसिमा कार्कीको माग

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई बर्खास्त गर्न रास्वपा सांसद डा तोसिमा कार्कीले आवाज उठाएकी छिन । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। सांसद तोसिमा कार्कीले गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गरेकी हुन । सो घटनामा मन्त्रीकै संलग्नता पुष्टि हुने आधार देखिएको भन्दै तुरुन्त बर्खास्ती गरी छानबिनको माग सामाजिक सञ्जालमा एक स्टाटसल लेख्दै माग गरेकीछन । उनले लेख्छिन जनताको प्रतिनिधि हुँ।

आमसमुदायको प्रश्न मुखारित गर्दै छुः भिजिट भिसा प्रकरण अब अध्यागमनको मात्र गडबडी होइन– यो गृहमन्त्रीकै सचिवालयबाट सञ्चालित मानव तस्करी र भ्रष्टाचारको सिन्डिकेटको रूपमा प्रमाण र तथ्यहरू सञ्चारमाध्यममा छताछुल्ल हुँदै छन् ।– अध्यागमनमा दररेटमा कर्मचारी सरुवा गरिन्छ,– तिनै कर्मचारीमार्फत दैनिक ५० लाखको असुली हुन्छ,– र त्यो पैसा सिधा गृह मन्त्रालय हुँदै मन्त्रीको सचिवालय पुग्छ।जब जनताको जनधनको सुरक्षा लिनुपर्ने निकायद्वारा नै राज्यको संयन्त्र प्रयोग गरेर जनताको छोराछोरी बेचिन्छन्, अनि गृहमन्त्री र उनको सचिवालय नै संलग्न हुन्छ भने योभन्दा ठुलो अपराधको अर्को नमुना कुन चाहिन्छ रुर यस्तो अवस्थामा आरोपित मन्त्रीलाई कुर्सीमा राखिरहनु भनेको मन्त्रिपरिषदबाटै यो अपराधलाई अनुमोदन गर्नु हो। अब छानबिनको भाषण होइन, कारबाही चाहिन्छ। जनतालाई गुमराहमा नराखी गृहमन्त्रीलाई तुरुन्त बर्खास्त गरी सत्यतथ्य र प्रमाणमा आधारित अनुसन्धान र कारबाही अघि बढाउन माग गर्दछु। यदि प्रधानमन्त्रीसहित सत्तारूढ दुई दल मौन रहनछन् भने, यो स्वयं सरकारको, संसद्को, संविधानको र जनताको अपमान मात्र होइन, यो संगठित अपराध हो । अहिले तोसिमाले मात्र रमेश लेखकका पार्टीका आफनै नेताहरुले पनि नैतिकताको आधारमा राजिनामा दिन भनिरहेका छ । सेटिङमा संलग्न कर्मचारी मात्र नभई बिचौलियाको समेत गृहमन्त्री रमेश लेखकको सचिवालयसम्म सिधा सम्पर्क भेटिएको छ । बिचौलियाका मोबाइलबाट संवाद र बैंकिङ कारोबारको तथ्य सार्वजनिक हुने त्रासले गृह मन्त्रालयमा हलचल मच्चिएको छ ।

अनुसन्धानका प्रारम्भिक तथ्यहरूले भिजिट भिसा प्रक्रियामा व्यापक अनियमितता, मिलेमतो र शक्तिकेन्द्रसम्मको संलग्नता देखाएका छन् । बिचौलियामार्फत विभिन्न तह बनाएर आर्थिक लेनदेन हुने गरेको पनि अख्तियारको प्रारम्भिक छानबिनले पुष्टि गरेको छ । भिजिट भिसामार्फत हुने मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी र सर्वोच्च अदालतमा रिट परेको छ । भिजिट भिसाको सेटिङ मन्त्रीकै सचिवालयबाट भइरहेको अख्तियारको प्रारम्भिक छानबिनले देखाएको छ । अधिवक्ता युवराज पौडेल सफलले लेखकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् । भिजिट भिसाको सेटिङमा प्रत्यक्ष रूपमा उनको सचिवालय मुछिएको र यसमा मन्त्रीकै मिलेमतो रहेकाले उनलाई बर्खास्त गर्न भन्दै उजुरी दिएका हुन् । हाल अख्तियारले गृहका सहसचिव तीर्थराज भट्टराईलगायतमाथि छानबिन गरिरहेको छ । त्यस्तै, मन्त्री पदमा बस्दा उनले छानबिन प्रभावित गर्न सक्ने तथा प्रमाण लुकाउन सक्ने भएकाले बर्खास्तीको माग गरी सर्वोच्च अदालतमा अधिवक्ता मधु चौलागाईंले रिट पेस गरेका छन् । सो रिट दर्ताबारे आइतबार निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको छ ।