काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि शंकाको घेरामा परेपछि लेखकले मुख खोलेका छन। आफनै पार्टीका नेताहरुबाट पनि उनको राजीनामा माग हुन थालेपछि उन दबाबमा पर्न थालेका छन र यतिबेला भने उनले एक कार्यक्रममा बोल्दै आफूमाथि लागेको आरोप बारे दुईरचार दिनमा बोल्ने गरि केही कुराको खुलास गरेका छन ।
शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले एक जना कार्यकताले तपाईँ चक्रब्यूमा त फसेको होइन भनेर साधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। दुईरतीन दिन किन चुप लागेर बसेका थिए। यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखे थिए। यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु। आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुईरचार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता गर्नुपर्ने केही कारण नभएको उनले बताए। उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिमा देखा पर्दैनँ।’ आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने उनले बताए । आज मात्र शेखर कोइरालाले रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन ।
उनले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन । भिजिट भिसा प्रकरणमा लेखक मुछिएपछि अहिले आफनै पार्टीका नेताले राजीनमा माग गरेका छन । यता रास्वपा सांसद डा तोसिमा कार्कीले आवाज उठाएकी छिन ।सो घटनामा मन्त्रीकै संलग्नता पुष्टि हुने आधार देखिएको भन्दै तुरुन्त बर्खास्ती गरी छानबिनको माग गनि ।
भिजिट भिसामार्फत हुने मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी र सर्वोच्च अदालतमा रिट परेको छ ।
भिजिट भिसाको सेटिङ मन्त्रीकै सचिवालयबाट भइरहेको अख्तियारको प्रारम्भिक छानबिनले देखाएको छ । अधिवक्ता युवराज पौडेल सफलले लेखकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् । भिजिट भिसाको सेटिङमा प्रत्यक्ष रूपमा उनको सचिवालय मुछिएको र यसमा मन्त्रीकै मिलेमतो रहेकाले उनलाई बर्खास्त गर्न भन्दै उजुरी दिएका हुन् । हाल अख्तियारले गृहका सहसचिव तीर्थराज भट्टराईलगायतमाथि छानबिन गरिरहेको छ । त्यस्तै, मन्त्री पदमा बस्दा उनले छानबिन प्रभावित गर्न सक्ने तथा प्रमाण लुकाउन सक्ने भएकाले बर्खास्तीको माग गरी सर्वोच्च अदालतमा अधिवक्ता मधु चौलागाईंले रिट पेस गरेका छन् । सो रिट दर्ताबारे आइतबार निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको छ ।