Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्डले ओलीलाई मानसिक अस्पताल जान र बाबुरामलाई बुद्दि नभएका डाक्टर भनेपछि...

प्रचण्डले ओलीलाई मानसिक अस्पताल जान र बाबुरामलाई बुद्दि नभएका डाक्टर भनेपछि...

काठमाडौँ । पछिल्लो केही दिन यता ननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजानिक कार्यक्रममै ओली र बाबुराम भट्टराई बिभिन्न आरोप लगाउदै उनीहरुप्रति कडा टिप्पणी गरेका छन । केही दिनअघिमा नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष डा। बाबुराम भट्टराईलाईुसबैभन्दा बुद्धि नभएका डाक्टर भनी आलोचना गरेका प्रचण्डले अहिले फेरि ओलीलाई मानसिक अस्पाताल गएर चेकअप गर्न सुझाब दिएका छन ।

शुक्रबार साँझ पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई ‘मानसिक अस्पताल जान सल्लाह’ दिएका हुन्। प्रचण्डले भने, ‘यदि ओलीले मलाई राजासँग मिलेको भनेर बोलेका हुन् भने, म उनलाई एकचोटि मेन्टल अस्पताल गएर जँचाउन सल्लाह दिन्छु।’ यसअघि बिहीबार माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुम पूर्वमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लक्षित गर्दै ‘सबैभन्दा बुद्धि नभएको डाक्टर’, ‘दिमाग ठाउँमा नभएको’, र ‘हाँसोको पात्र’ जस्ता अभिव्यक्ति दिएका थिए। उनले बाबुराम खिइँदै खिइँदै गएर प्रतिक्रियावादीसँग मिल्न गएको आरोप पनि लगाए। कम्युनिस्ट पार्टी नभन्ने, माक्र्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्नेरु खिइँदा खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर प्रचण्डले भने। उनले बाबुरामसँग भएकाहरू माओवादी केन्द्रमा फर्किने दाबी गरे। यता उनले माओवादीको अभियानका क्रममा संकलित सुझावहरु सरकारलाई गएर बुझाउने र आगामी बजेटमा माग सम्बोधन नभए परिणाम गम्भीर हुने चेतावनीसमेत दिए।उनले माओावदीको अभियानमा अभूतपूर्व जनसहभागिता र उभार देखा परेको पनि दाबी गरे।

झापाको केचनाकवलबाट सुरू भएको अभियान आमनागरिकको अभियान बनेको उनको भनाइ थियो। उनले राजावादीहरुको बितण्डा र तिनीहरुको आततायी क्रियाकलापको भण्डाफोर भएपछि आफूहरुले पहिले स्थगित गरेको अभियानलाई निरन्तरता दिएको प्रष्ट पारे। राजावादीहरुविरुद्ध तथा प्रतिक्रियावादीहरुविरुद्ध गरेको अभियानले कहीँ न कहीँ अहिलेको सरकारलाई राहत मिलेको उनले कटाक्ष गरे। ओली–प्रचण्ड सम्बन्ध निकै रोचक छ । ओलीले ०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्डले ओलीविरुद्ध प्रहार गरेको वचन–वाण र ओलीले त्यसविरुद्ध गरेको ‘काउन्टर अट्याक’ सुन्दा लाग्थ्यो– सायद् जीवनपर्यन्त मिल्दैनन् होला यी दुई नेता ।नेपाल कम्युनिष्ट पार्टी नेकपा छँदै प्रचण्डले माधवकुमार नेपालसँग मिलेर प्रधानमन्त्री रहेका ओलीलाई पार्टी अध्यक्ष र साधारण सदस्यबाट समेत हटाइदिएका थिए– ०७७ पुस ७ गते । महासचिवले डाक्नुपर्ने केन्द्रीय कमिटी बैठक पनि आफैँले डाकेर ओलीसँग महाधिवेशनमा पराजित नेपाललाई अर्को पार्टी अध्यक्ष बनाइदिएका थिए ।

त्यसो त एमालेका अध्यक्ष हुनुअघिदेखि नै ओली माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसा र आतंक’ को संज्ञा दिन्थे । एमालेभित्र ओली नै माओवादीका सबैभन्दा कडा आलोचक थिए ।