काठमाडौँ । रमेश लेखकलाई हटाउनु पर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ । अधिवक्ता रहेकी मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेको बताएकी छिन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै मुछिएको भनेर अनुसन्धानको माग उठेपछि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब बढीरहेको बेला रिट पेश भएको हो । यतिबेला गृहमन्त्रीको चौतर्फी आलोचना र विरोध भैरहेको छ ।