Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समाचार सेयर गरेकै भरमा ऊर्जामन्त्रीले दुधकोशी जलविद्युतका प्रमुखलाई निकाले

समाचार सेयर गरेकै भरमा ऊर्जामन्त्रीले दुधकोशी जलविद्युतका प्रमुखलाई निकाले

काठमाडौँ । पछिल्लो समय उर्जामन्त्री दिपक खड्काको आखाँमा कर्मचारीहरु बिजाउन थालेका छन् । उनले एक पछि अर्को कर्मचारी हटाई रहेका छन् । आफ्नो बिरुद्ध बोल्ने कर्मचारी कार्यालयमै रहदैनन् । उनले कुनौ न कुनौ बाहानामा निकाली हाल्छन् । आजभोली खड्काको हैकमबादी प्रबृत्ति यति बढेको छ कि उनी न त आफ्नो बिरुद्ध बोल्ने कर्मचारी देअी सहन्छन् नत सामाचार सेयर गर्ने नै । सुन्दा पनि लाजै मर्नु समाचार सेयर गरेकै भरमा खड्काले कर्मचारी हटाएका हुन् । उनले ६ सय ७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत परियोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई जिम्मेवारीबाट हटाएका छन् । गुरुङलाई फिर्ता बोलाएर प्राधिकरणले संस्थागत योजना तथा अनुगमन विभागका निर्देशक वसन्तध्वज श्रेष्ठलाई काजमा पठाएको छ ।

प्रमुख अधिकृत गुरूङले मन्त्रालय, र मन्त्रीको विषयमा गैर जिम्मेवार ढंगले सामाजिक सञ्जालमा समाचार सम्प्रेषण गरेको भन्दै मन्त्रालयले जिम्मेवारीबाट हटाउन भनेको खुल्न आएको छ । खड्काले यस अगाठी नै गुरुङलाई हटाउन दबाब दिएका थिए । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै गुरुङलाई हटाउन दबाब दिएका थिए । तर, घिसिङले उनको निर्देशन नमाने पछि खड्काले घिसिङलाई नै हटाई दिए । उनले कुलमानको बिरुद्ध यति खेदो खनेकी उनलाई साथ प्रधानमन्त्र ओलीले दिए । कार्यकाल सकिन ४ महिना अगाठीनै घिसिङलाई अपमानजनक ढंगले प्राधिकरणबाट हटाईयो । अहिले गुरुलाई हटाईएको छ । ऊर्जामन्त्री खड्काकाबारेमा सामाजिक सञ्जालमा लेखेकै आधारमा गुरुङलाई हटाउन मन्त्री खड्काले दबाब दिएका थिए । मन्त्रालयका शाखा अधिकृत यज्ञ प्रसाद सुवेदीले फागुन ८ गते प्राधिकरणलाई पत्र लेख्दै गुरुङलाई तत्काल हटाउन निर्देश गरेका थिए ।

त्यतिबेला प्राप्त पत्रमा भनिएको छ , ‘गुरुङले मन्त्रालय र यस मन्त्रालयका मन्त्रीज्यूकाबारे सामाजिक संजालमा गैर जिम्मेवार ढंगले समाचार संप्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकमा समेत छलफल भइ निर्देशन समेत भै सकेकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन अनुरोध छ’, शाखा अधिकृत सुवेदीले लेखेको पत्रमा भनिएको थियो । फागुन ८ को सचिवस्तरको निर्णयानुसार गुरुङलाई हटाउन भनिएको थियो । गुरुङलाई पनि राजनीतिक प्रतिशोधमै फिर्ता बोलाएको प्राधिकरण स्रोतको भनाइ छ । मन्त्री खड्काले व्यक्तिगत इगोमा गुरुङलाई हटाउन ठाडो आदेश दिएका थिए । अहिले मन्त्री खड्काको कार्यशैली आपत्तिजनक बन्दै गएको छ । यो बिषयमा काँग्रेसले बेलामै बिचार पुर्याउन जरुरी छ ।