काठमाडौँ । रवि लामिछानेलाई रिहा गर्न माग गरिएको निवेदनमा बहस सकेर अब को केही समयमा आदेश सुनाउँने तयारी गरिएको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आजै आदेश सुनाउने तयारी गरेको बुझिएको छ ।
मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो। आदेश आजै आउने भएपछि सर्वोच्च परिसरबाहिर सञ्चारकर्मी, लामिछानेका शुभचिन्तक, रास्वपाका नेता कार्यकर्ताको भीड लागेको छ। त्यस्तै सर्वोच्च गेटमा बाक्लो संख्यामा प्रहरी पनि परिचालन गरिएको छ।