काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहित त्यहाँ कार्यरत कर्मचारीमाथि अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले त्यहाँ कार्यरत १४ जना कर्मचारीको सरुवा गरेको छ । अध्यागमन स्रोतका अनुसार एमाले निकट कर्मचारीलाई छानिछानी सरुवा गरिएको छ । जसमा प्रमुख अध्यागमन अधिकृतसहित नायब सुब्बा र कम्प्युटर अपरेटरहरू छन्। जसमध्ये गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत सहसचिव तिर्थराज भट्टराईको समेत सरुवा गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र गृहमन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको उठबस भएको तथ्य फेला परे संगै गृहमन्त्री माथी आशंका बढेको छ । अख्तियारले भट्टराईलाई बुधबार मात्रै नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छाडिदियो । उनीमाथी सत्ताकै दबाबमा सामान्य सोधपुछमात्रै भएको स्रोतले दाबी गरेको छ । भट्टराईको मोबाइल नियन्त्रणमा लिएर फरेन्सिक ल्यावमा परीक्षण भईरहेको छ । भिजिट भिसाको सेटिङमा एयरपोर्ट अध्यागमन र गृहमन्त्रीको सचिवालयबीच प्रत्यक्ष सम्बन्ध देखिएको छ । यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालस्तरीय निर्णयबाट तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको पनि सरुवा गरिएको थियो ।
भट्टराई समेतको भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्नता भएको भन्दै उनको मोबाइल नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका बेला गृह मन्त्री रमेश लेखकको निर्देशनमा मन्त्रालयले १४ जना कर्मचारीको सरुवा गरेको हो । ट्राभल एजेन्सी, वैदेशिक रोजगार व्यवसायी र सरकारी कर्मचारी बिचको मिलोमतोमा लामो समयदेखि भिजिट भिसाको नाममा मानव तस्करीको सेटिङ चलिरहेको उच्च स्रोत को दाबी छ । मन्त्रालय निकट स्रोतले प्रमुख भट्टराईले भिजिट भिसामा नक्कली कागजातका आधारमा बाहिर पठाउन र्पयो भन्ने यिनै नायब सुब्बा र कम्प्युटर अपरेटरबाट कागजात पास गराउँथे भन्ने सूचनाका आधारमा सरुवा गरिएको जानकारी दियो । सरुवा हुनेमा ९ जना नायब सुब्बा, एक जना सहायक कम्प्युटर अपरेटर र चार जना कम्प्युटर अपरेटर छन । त्यहाँ कार्यरत नायब सुब्बा खुबराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, दत्त लामालाई जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई गोरखा, तेजराज गौतमलाई बागलुङ, सुवास केसीलाई रुकुम पश्चिम र कुबेरप्रसाद दाहाललाई धनकुटा सरुवा गरिएको छ ।
अहिले प्रश्न चिह्न खडा भए संगै गृहमन्त्रालयले धमाधम कमृचारी सरुवा गरेको हो । अहिले पार्टी निकटलाई बचाउने खेल अनुसार कर्मचारी सरुवा गरिएको छ । गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सह सचिव छवि रिजालले आठ जनालाई सरुवा गरेका हुन । अझ भन्दा गृहमन्त्री लेखकले भिजिट भिसाका नाममा मानव तस्करीमा जोडिएको अभियोगमा मुद्दा खेपिसकेका अध्यागमन अधिकृतलाई नै आफ्नो सचिवालयमा राखेका छन । जस्ले गर्दा गृह मन्त्रालयको नैतिकता, पारदर्शिता र जवाफदेहितामाथि समेत गम्भीर प्रश्न चिह्न खडा गरेको छ ।