Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली,लेखक र अख्तियारकै नाममा अध्यागमन बाटै रकम असुली,अनुसन्धान गर्दा आईजीपीले सरुवा गरेको पुर्वडिएसीको खुलासा

ओली,लेखक र अख्तियारकै नाममा अध्यागमन बाटै रकम असुली,अनुसन्धान गर्दा आईजीपीले सरुवा गरेको पुर्वडिएसीको खुलासा

काठमाडौँ । देशको शक्तिशाली अड्डा गृहमन्त्रालयमा बसेर सिन्को भाँच्न नसकेका गृहमन्त्री रमेश लेखक यतिबेला विभिन्न प्रकरणमा मुछिन थालेका छन । गृहमन्त्रीको कुर्सी हाँकिरहेका लेखकले रवि लाई थुन्नु बाहेक खासै उपलब्धि हाँसिल गर्न सकेका छैनन । अझ अहिले उनै लेखक भिजिट भिसा प्रकरणमा तानिन सक्ने विभिन्न आँकलन भैरहेका छन । सत्य र निष्पक्ष रुपमा छानबिन भएको खण्डमा उनी तानिन सक्ने सम्भावना पनि रहेको छ ।

यतिबेला विमानस्थल अध्यागमन कार्यालयबाट प्रधानमन्त्री, गृहमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा पैसा असुली भइरहेको विषय पनि चर्चामा रहेको छ । अख्तियारले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेसँगै विभिन्न विषयहरु खुल्न आएका छन । मानव तस्करीलाई सहयोग पुग्ने गरी त्यहाँका कर्मचारीहरूले प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत भाग र्पुयाउनुपर्ने भन्दै पैसा बाँडफाँट गरिरहँदा वर्षौंदेखि यसको नियन्त्रण हुन नसकेको बुझिएको छ । सर्वत्र रुपमा यस्ता कुराहरुको विरोध भैरहँदा समेत सरकारको ध्यान पुग्न सकेको छैन । आम नागरिकलाई ठगेर मारमा पार्ने बिचौलीया नै सरकारको संरक्षणमा रहँदा जनता सधै मारमा परेका छन । बुधबार अख्तियारले छापा मारेसँगै उच्च पदस्थहरुको पनि संलग्नता खुल्न सक्ने बताइएको छ ।

अध्यागमन कार्यालयबाट हुने मानव तस्करी रोक्न न प्रधानमन्त्री कार्यालयबाट पहल हुन्छ न गृह मन्त्रालयबाट । सरकारले नै यस्ता बिषयहरुलाई प्रश्य दिइरहेको छ । यता पूर्व डीएसपी गोविन्द पन्थीले भिजिट भिसाको अनुसन्धान गर्दा तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षक ९आईजीपी० ले आफ्नो सरुवा गरेको आरोप लगाएका छन । पन्थीले अहिले पुनः भिजिट भिसामा सेटिङ हुने गरेको र विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले पक्राउ गरेपछि पन्थीले यो मुद्दाको अनुसन्धान गरेका कारण त्यतिबेला आफूलाई परेको अप्ठेरो सार्वजनिक गरेका छन । तस्करी रोक्न सरकारको पहल हुनु त परको कुरा मन्त्री कै संलग्नता समेत हुने गरेको छ । खासगरी गृहमन्त्री र उनको सचिवालयका मानिसहरूले अध्यागमन र विमानस्थलको अध्यगमन कार्यालयमा कसलाई पठाउने भनेर निर्धारण गर्ने गरेको बताइने गरिन्छ ।

स्रोतका अनुसार गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा बसेका कतिपय कर्मचारीले रकम असुलेर अध्यागमनमा कर्मचारीहरू खटाउने गरेका छन । कर्मचारी प्रशासनमा बसेका व्यक्तिलाई बोलकबोल नगरे विमानस्थल अध्यागमनमा सरुवा पाउन कठिन हुन्छ। विमानस्थल अध्यागमनमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू हुन्छन । सशस्त्र र नेपाल प्रहरीले समेत विमानस्थलमा गुप्तचर खटाएका छन । पहिला नेपाल प्रहरीको मानव बेचबिखनसम्बन्धी एउटा टोली खटिएको थियो तर अहिले हटाइएको छ । विमानस्थल अध्यागमन कार्यालयबाट हुने मानव तस्करी रोकिनुको साटो दिनप्रतिदिन बढिरहेको छ ।