काठमाडौँ । तीन बर्ष अघि के पी शर्मा ओलीले बालेन लाई बालकोटमा बोलाएर दिएको तबेला बालेनले कति पटक बजाए सुनिएको छैन । तर बालेनले ओली विरुद्ध सामाजिक सञ्जालमा बजाएको तबेला भने निकै पर सम्म सुनिएको छ । यतिबेला बालेन र ओलीको घोचपेचले नै सञ्जाल तातेको छ भन्दा सायदै फरक नपर्ला । स्वतन्त्र मेयर बालेन माथि निरन्तर खनिएका ओली गत आईतबार सिंहदरबार भित्रै भएको बैठकमा पनि खनिए । उनले बालेनको नाम टाँसिरहन आवश्यक नरहेको भन्दै काट्न आग्रह गरे,उनको यस्तो भनाई एकाएक सञ्जालमा भाइरल भयो बालेनले उक्त दिन नै सञ्जाल बाटै ओलीको तबेला बजाइदिए । उनेल ओलीको भ्रष्ट सरकारलाई सहयोग नगर्ने बताएपछि उक्त स्टाटसले ओलीको भनाईमा घिउ थप्यो ।
ओली र बालेनको यो घोचपेच पहिलो होइन । ओलीले बोलाएका सिंहदरबारका विभिन्न बैठकमा बालेन पटकपटक अनुपस्थित भएका छन । महानगरका कामकारबाहीमा पनि ओलीले उनलाई निशाना बनाएका छन । एक वर्षअघि पनि बालेनले ओलीलाई निशाना बनाएर कडा टिप्पणी गरेका थिए । न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ सडक बनाउन लागेको भन्दै उनले ओलीमाथि आरोप लगाएका थिए । उनले लेखेका थिए,‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुस, केपी ओली।’ उनले थपे, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र जग्गा दिलाउँछौं भन्नुभएछ। गिरिबन्धुको नीतिगत घोटालामा तपाईंको संलग्नता बिना पात पनि हल्लिँदैन।’
बालेनले गिरिबन्धुमा पीडितको बैना समयमै फिर्ता गर्न चेतावनी दिँदै लेखे, ‘कोही नयाँ आएर फाइल पल्टाउन सक्छ। हुन त, पहिले पनि जेल बस्नुभएको हो। धन्यवाद।’
यो घोचपेचको सुरुवात सम्भवतः सुकुम्बासी बस्तीको विषयबाट भएको थियो। चुनाव जितेलगत्तै ओलीबाट तबला पाएका बालेनले तीन वर्षअघि सुकुम्बासी बस्तीको विषयमा पहिलोपटक टिप्पणी गरेका थिए । उनले सुकुम्बासीहरूलाई ओलीको भोटबैंक मात्र भएको भन्दै व्यङ् गरेका थिए । ओली सहभागी प्राय कार्यक्रममा कुनै न कुनै घोचपेच गरिरहेका हुन्छन तर बालेनले सामाजिक सञ्जाल बाटै जवाफ दिन्छन । ओलीले थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद देखाएको बताएपछि बालेनले जवाफ दिए, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरियो। त्यहाँ अशक्त र बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजरले सत्ताको उन्माद देखाइयो।’
बालेनले लेखे, ‘दुईतिहाइको सरकारको प्रधानमन्त्री हुनुभयो, तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नुभएनरु सुकुम्बासी तपाईंका लागि भोटबैंक मात्रै भए । तिनलाई गुठी आन्दोलनजस्ता स्वार्थविपरीतका कुरामा प्रयोग गर्नुभयो।’ यो घोचपेचलाई कतिपयले रमाइलो मानेका छन भने कतिपयले गम्भीर रूपमा लिएका छन्।