काठमाडौँ । देशको सुशासनको चर्को नारा लगाउने गृहमन्त्री लेखक फेरी बिबादको भुमरीमा फसेका छन।तत्कालिन गृहमन्त्री रबि लामिछाने सरकारमा हुदा भिजिट भिसामा कडाइ गरि बिचौलियाहरुको रोजीरोटीनै बन्द गरेको दैनिक खबर सुन्दै आएका नेपाली जनताले अहिलेका गृहमन्त्री लेखक हुदा दैनिक हजारौ युवा भिजिट भिषाको नाममा ठगिएको समाचारहरु बाहिर आउन थालेको छ।दैनिक ५० लाख सम्म असुल्दै भिजिट भिषाको धन्दा चलिरहेको सुचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानेर कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिई उनीहरूका कम्प्युटर, मोबाइललगायत ‘डिभाइस’ जफत गरेको छ । गृहमन्त्री रमेश लेखकले रोजेरै भट्टराईलाई अध्यागमनमा पठाएका थिए।
गाउँबाट साहुको चर्को ब्याजमा ऋण लिएर विदेश उड्ने युवाहरु अहिले बिभिन्न देशमा अलपत्र परेका छन यो सब हुनुमा ऐलेका गृहमन्त्री र अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराई देखिन्छन।पुर्व गृहमन्त्री रबि लामिछानेले आफु मन्त्रालयमा हुदा मेन पावर कम्पनीलाई कडाइ गरि भिजिट भिषाको समस्या समेत हल गरेका थिए।खाडी मुलुक हुदै युरोप लाने नाममा करोडौ ठग्ने गिरोहलाइ रबि लामिछानेले रोकेपछि सरकार ढाल्न बिचौलिया मेनपावर कम्पनिका संचालकहरु दैनिकजसो शक्ति केन्द्र धाईरहेका हुन्थे।कहिले बालकोट त् कहिले बुढानिलकण्ठ धाएका बिचौलियाहरुले रबि लामिछानेलाइ टार्गेट गरिरहने गरेको श्रोत बताउछ।गृहले कडाइ गरेपछि भिजिट भिषामा फस्नेहरु नै रोकिएका थिए।यति सम्म पनि भयो कि खाडी मुलुकमा उड्ने जहाज धेरैपटक रित्तै फर्कियो।
बिमानस्थलका एक कर्मचारी भन्छन "रबि लामिछाने ज्यु गृहमन्त्री हुदा जुन रुपमा बिचौलियाको सेटिङ्ग रोकिएको थियो,युवाहरु ठग्न बाट जोगिएका थिए त्यो अहिले रहेन,दैनिक हजारौ युवाहरु ठगिएका छन।यसबाट हामीजस्तो इमान्दार कर्मचारीको समेत बदनाम भईरहेको छ।"
कसरी बाहिरियो त् सेटिङ्गको नालीबेली ?
अख्तियारले छापा हान्ने तयारी गरेको सुइँको पाएपछि मंगलबार साँझ मात्रै गृहमन्त्री लेखककै निर्देशनमा हतार–हतार भट्टराईलाई अध्यागमनबाट सरुवा गरेर मन्त्रालयमा ल्याएको थियो । उनको ठाउँमा अर्का सहसचिव विष्णुप्रसाद कोइरालालाई पठाएको थियो । सरुवा भए पनि भट्टराईले रमाना लिइसकेका थिएनन् । अख्तियार टोलीले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । भट्टराई गत २३ असोजमा विमानस्थलस्थित अध्यागमन कार्यालयमा हाजिर भएका थिए । स्रोतका अनुसार भिजिट भिसाको सेटिङमा ट्राभल एजेन्सीहरूसमेत जोडिएका छन् । ‘डिभाइसहरू नियन्त्रणमा लिइएका छन्,’ स्रोत भन्छ,’ यसबाट धेरै कुरा खुल्दै जाला ।’ अध्यागमनको यस्तो सेटिङको सञ्जाल गृह मन्त्रालयसम्म देखिएको स्रोत बताउँछ ।
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले विस्तृत अनुसन्धान भइरहेको बताए । ‘कर्मचारी र एजेन्टको बरामद मोबाइलबाट तस्करीको नेटवर्क खुल्ने हाम्रो आशा छ,’ अख्तियारका एक अधिकारीले भने । एजेन्ट र कर्मचारीबिच हुने गरेका भेटघाटमाथि निरन्तर निगरानी गरेर बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
ध्यागमन पुगेका सबैजसो कर्मचारीहरू गृहमन्त्री लेखकको सचिवालयमार्फत गएको स्रोत बताउँछ । ‘मन्त्रीको सचिवालयबाट ओके नभई अध्यागमनमा कोही जान सक्दैन,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यसमा प्रिपेडदेखि मासिक लेनदेन हुने गरेको छ ।’ अध्यागमनको कर्मचारी सरुवामा गृहसचिव गोकर्णमणि दुवाडी, मन्त्रालयको कर्मचारी प्रशासनका अधिकृत गणेशदत्त ओझाको पनि विशेष चासो हुने गरेको छ । त्यस्तै, कांग्रेस र एमालेनिकट ट्रेड युनियनका नेताहरू पनि पहुँचका आधारमा अध्यागमनमा खटिएका छन् ।