Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जीबी राई लाई प्रहरीले खोज्नै छोड्यो,रवि थुनेर गृहमन्त्रीलाई हाइसन्चो

जीबी राई लाई प्रहरीले खोज्नै छोड्यो,रवि थुनेर गृहमन्त्रीलाई हाइसन्चो

काठमाडौँ । अबौँ रकम खाएर फरार रहेका जीबी राई लाई प्रहरीले खोज्नै छोडेको छ । गृहमन्त्री रमेश लेखक रवि थुनेर हाइसन्चो भएर बस्दा जीबी खोज्ने कुरा नै हराएको हो । राज्य संयन्त्र नै एउटै व्यक्तिको पछि लाग्दा सहकारीका ठगीका मुख्य नाईके नै उम्किएका छन । सुरुका केही महिना लेखकले राई खोज्न तदारुक्ता देखाएका थिए तर तर, पछिल्लो समय जीबी राई प्रहरीको खोजी सूची मै नरहेका हुन । लेखक गृहमन्त्री भए लगत्तै प्रहरीको एक टोली जीबी बस्दै आएको भनिएको मलेसियासमेत पुगेको थियो ।

तर टोलीले केही उपलब्धि हासिल गर्न नसकेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका केही अधिकारीका अनुसार प्रहरीले जीबि लाई खोज्न लाई खासै चासो नै नदिएको हो । महिनौँ बाट फरार रहेका जीबीको दोष पनि अहिले रविको टाउँको राज्यले थुपारेको छ । विपक्षीमा हुँदा जोड्जोड्ले जीबीको कुरा उठाएका उनै लेखक अहिले गृहमन्त्री रहेका छन तर उनले नै खोज्न सकेका छैनन । बरु केही दिनअघि लेखक नै सगरमाथा बेस क्याम्प पुगेर उनै जीबीलाई हासी मजाक बनाएका थिए । देशका विभिन्न जिल्लाका ५ ओटा सहकारीका रकम खाएर भागका जीबि सहकारीका सञ्चालक पनि रहेका थिए ।

जिबी मलेसियामा रहेको खुलेपनि उनलाई नेपाल ल्याउँन कुनै पहल भएको छैन । राई नेपालमा नरहेको निष्कर्ष निकालेको प्रहरीले उनको खोजीका लागि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोल समेत गुहारिसकेको छ । इन्टरपोलमार्फत उनी मलेसियामा रहेको खुले पनि पक्राउ गर्न सकेको छैन । मलेसिया प्रहरीले राईलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन इन्कार गरेपछि उनी त्यही सुरक्षित रहेका हुन ।

जीबीले मलेसियामा व्यवसाय गरेर बसेका कारण उनलाई नेपाल फर्काउन मलेसिया सरकार अनिच्छुक देखिएको प्रहरीले यसअघि नै बताइसकेको छ । करिब बर्ष दिन बढी बाट फरार सुचीमा रहेका राई बिरुद्ध बुटबलको सुप्रिम सहकारी,पोखराको सूर्यदर्शन, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानोपाइला सहकारीको रकम खाएर भागेको आरोप रहेका छ । जीबि मात्रै हैन उनका अन्य नातेदार पनि फरार सुचीमा रहेका छन । राईकै सहोदर दाइहरू अनन्तबाबु राई र देवेन्द्रबाबु राई अहिले पनि फरार सुचीमा रहेका हुन । जीबी राई मलेसिया पुगे पनि उनका दाइहरू भने भारतमा लुकेको आंशका प्रहरीको छ । कास्की प्रहरीले जीबी राईलाई पक्राउका लागि पुनः प्रक्रिया थालेको छ । सहकारी ठगी प्रकरणबारे जिल्ला अदालत कास्कीले जीबी राईसहित १८ जनाविरुद्ध पहिलो पटक २०८० साउनमा पक्राउ अनुमति दिएको थियो ।