Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवाले ओलीलाई थर्काउँदै गर्भनरमा हस्तक्षेप नगर्नुस भनेपछि...

देउवाले ओलीलाई थर्काउँदै गर्भनरमा हस्तक्षेप नगर्नुस भनेपछि...

काठमाडौँ । सरकार बनेको १० महिनमा सधैँ ओलीकोे पेलानमा परेका देउवाले यो पटक ओलीलाई थर्काउँदै गर्भनर नियुक्ति गरेका छन । गर्भनर नियुक्तिमा चलखेल गरेको थाहा पाएका देउवा यो पटक ओली माथि हाबी देखिएका हुन । कम बोल्ने स्वभावका देउवा र धेरै बोल्ने ओली बिचमा यहीँ बिषय लाई लिएर निकै लामो रस्साकस्की चलेको थियो । ओलीले गर्भनरमा चाल चलेपछि रिसाएका देउवाले तपाईँले ज्यादा गर्नुभयो यस्तो नर्गनुस भनेपछि ओली ब्याक हुन बाध्य भएका हुन । स्रोतका अनुसार मंगलबार बसेको बैठकमा देउवाले ओलीलाई तपाईँकै कारण सरकार असफल हुन थाल्यो भन्दै सचेत गराएका छन ।

आफ्नो पार्टीभित्रबाट सरकारको कार्यशैलीलाई लिएर विरोध भइरहेको र विकल्प सोच्न दबाब आइरहेको बेला आफू यही गठबन्धन जोगाउन लागेको देउवाले ओलीलाई सम्झाएको बुझिएको छ । बैठकमा सहभागी केही नेताका अनुसार सरकार बनेएता प्रधानमन्त्री ओलीसँग पहिलोपटक देउवा कडा रूपमा प्रस्तुत भएको बुझिएको छ । यतिबेला सरकार चौतर्फी घेराबन्दीमा परेको छ । ओलीका काम लाई लिएर सरकारमै सहभागी नेताहरुले बिरोध गदैँ आएका छन । अहिले काग्रेसका ओलीको कार्यशैलीलाई लिएर चर्को असन्तोस उत्पन्न भैरहेको छ । काग्रेस नेताका कुराहरु नसुनि ओलीलाई देउवाले साथ दिइरहेका छन । राष्ट्र बैकको गर्भनर पदलाई लिएर २ पार्टीहरु बिचमा तानातान भएको थियो । अहिले काग्रेस बाटै बिश्व पौडेल गर्भनर बनेका छन । उनलाई देउवाले नै गर्भनर बनाउँन हुन । वैशाख ३ गते नै देउवाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्टलाई गभर्नर बनाउन ओलीलाई नाम दिएका थिए ।

तर, ओलीले अटेर गर्दै उम्कने गरेका थिए । भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट दिएको राजीनामा राष्ट्र बैंककै कायममुकायम गभर्नर नीलम ढुङ्गानाले स्वीकृत नगरेको कारण नियुक्त गर्न समस्या भएको ओलीले देउवा समक्ष बताएका थिए तर यसमा पनि ओलीले चलखेल गरेका थिए । देउवा साताव्यापी उपचारका लागि बैंकक गएका जाँदा पनि यता गर्भनर नियुक्ति हुन सकेको थिएन । यता भट्टको राजीनामा स्वीकृत पनि भएन र गभर्नर नियुक्ति गर्ने सिफारिस समितिको बैठक पनि नबसे पछि काग्रेसका नेताहरु ओली सँग आक्रोशित बनेका थिए । देउवाले लगेका नाम लाई ओलीले असक्षम रहेको भन्दै टारेका थिए ।जुन कुरा देउवालाई मन परेको थियो । ओलीले गर्भनर पनि आफनो पोल्टमा पार्ने पक्षमा रहेका थिए तर देउवाले यो पटक ओलीलाई पेलेरै भएपनि आफनो पक्षमा गर्भनर ल्याएका छन ।