Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाई सहित ८ जनालाई ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने तयारी

दुर्गा प्रसाई सहित ८ जनालाई ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने तयारी

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको भन्दै मेडिकल ब्यबसायी दुर्गा प्रसाई सहित ८ जनालाई ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने तयारी भएको छ । भारतबाट पक्राउ परेका प्रसाई अहिले शिरासतमा छन् । उनीमाथी अनुशन्धान भई रहेको छ । सम्भबत आजै प्रतिबेदन बुझाउने तयारी गरिएको स्रोतले दाबी गरेको छ  । प्रसाईले तिन कुनेमा हंगामा मच्याएर भागेका थिए । भाग्दीन भनेका प्रसाई भागेर भारत पुगेका थिए । केहि समयको प्रयास पछि उनी पक्राउ पनि परेका थिए । उनले नितकुनेमा सुरक्षाकर्मी माथी नै गाडी चलाएका थिए ।

उनले ट्राफिक प्रहरीको पनि ख्यान नगरि गाडी चलाए पछि उनी बिरुद्ध ज्यान मार्ने उद्याृगमा पनि अनुसन्धान भई रहेको छ । प्रसाईंसहित ८ जना विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण धेरै धनजनको क्षति भएको थियो । ब्यक्तिको निजी सम्पतिमा तोडफोड तथा आग्जनी, जडिबुटी प्रशोधन केन्द्र पनि जलाएर ध्वस्त बनाएका थिए । यता एकिकृत समाजबादीको पार्टी कार्यालयमा आग्जनी तथा तोडफोड भएको थियो भने सञ्चार गृहमा समेत हमला भएको थियो । प्रदर्शनकारीको आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।भने प्रहरीको गोली लागेर चालक सविन महर्जनले ज्यान गुमाएका थिए ।

आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम, अछाम पञ्चदेवल नगरपालिका–५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरी र दुर्गा प्रसाईं सहित ८ जनालाई ज्यान सम्बन्धी कसुरमा प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ ।आरोपीहरू विरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध मुद्दामा अभियोजन गर्नुपर्ने राय आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । यता नवराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले जेठ १५ देखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तीव्र पार्दै लगेको छ । राप्रपाका महामन्त्री धबल शमशेर र उपाध्यक्ष रविन्द्र मिश्र हिरासत मुक्त भई सकेका छन् ।

आन्दोलनलाई बढीभन्दा बढी जनसहभागितालाई मध्यनजर गरिने उपत्यका जनजागरण अभियान संचालन गर्ने समेत निर्णय गरेको छ ।राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर केन्द्रित ५ दिने जनजागरण अभियान सुरु गर्ने भएको छ । काठमाडौंको साँखुबाट सुरु हुने अभियान काठमाडौंको काँठ क्षेत्र हुँदै ललितपुरबाट भक्तपुरको चाँगुनारायण पुगेर समापन गरिने भएको छ ।