काठमाडौँ । रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । मङ्गलवार सुनुवाई सकिएको थिएन । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दीप्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिटमाथि सुनुवाइ सुरु भएको थियो ।
आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्नेछन् ।
सुनुवाइ सकिएमा लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन तथा उनी र पूर्वडीआईजी जोशीका तर्फबाट दायर रिटमाथि सम्भवतः आजै आदेश आउनेछ ।