काठमाडौँ । रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई आज नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाई नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।
आज रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा, मेघराज पोखेरेल, बद्रि राउत र केदार दाहालले बहस गरेका थिए भने अधिवक्ता डा.नारायणदत्त कंडेल, दिपेन्द्र झा, सुदिग्य पन्त, विवेक राउतले बहस गरेका थिए ।
भोलि आजकै इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ । भोलि छबिलाल जोशीका अधिवक्ताहरुले बहस गर्नेछन् भने सरकारी वकिलले पनि बहस गर्नेछन् । यसअघि यो मुद्दा ६ पटकसम्म हेर्न नमिल्ने इजलासमा परेको थियो ।