काठमाडौँ । स्वतन्त्र मेयर बालेन शाह लाई प्रधानमन्त्री ओलीले नै राजनीतिक दबाब दिएका छन । पछिल्लो समयमा बालेन प्रति ओलीको आक्रोश सतहमै देखिन सुरु भएको छ । ओली कै कारण महानगरमा एक्लिएका बालेन लाई विभिन्न कुराहरु लाई लिएर घेराबन्दीमा पार्ने प्रयास गरिएको छ । संघ सरकार नै एउटा मेयर माथि खनिएपछि सरकारको चौतर्फी आलोचना हुने गरेको छ । अहिले त बालेन लाई वडा अध्यक्षले पनि टेर्न छाडिसकेका छन । बिशेषत एमाले र काग्रेसका वडा अध्यक्षहरु लाई बालेनलाई टेर्ने छाडेका हुन । प्रधानमन्त्री ओलीले नै बालेन लाई दबाब दिएपछि उनीहरुले पनि दिन सुरु गरेका छन ।
केही दिन अघि बालेनले तोकेका समितिको जिम्मेवारी कांग्रेस–एमालेबाट निर्वाचित वडाध्यक्षले अस्वीकार गरेका हुन । मेयर ले दिएको जिम्मेवारी नै अस्विकार गरेपछि ओलीले राजनीतिक घेराबन्दी पारेको प्रष्ट बुझिएको छ । यतिबेला बालेन सँग प्रमुख प्रशासकीय अधिकृतसँग बोलचाल बन्द रहेको छ भने एमाले बाट उपमेयर बनेकी सुनिता डंगोल सँग पनि भेटघाट रहेको छैन ।
प्रधानमन्त्री केपी ओली मुछिएका गिरिबन्धु टी–स्टेटलगायत अनियमितताका मुद्दामा बालेनले सामाजिक सञ्जालबाट खरो आलोचना गर्दै आएका थिए । बालेनले हिज मात्रै सामाजिक सञ्जालमा स्टाटस लेख्दै भष्ट सरकार लाई साथ नदिने बताएका छन । उनी सरकारका महत्तवपुर्ण बैठकमा पनि जाने गरेका छैनन ।
सोमबार सिहदरबारमा भएको बैठकमा बालेन नगएपछि ओली उनी सँग आक्रोशित बनेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त समारोह बाट बालेनको नाम पनि काटिएको छ । बालेनले कारबाही गरेका महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई संघ सरकारले हाजिर गर्न पठाएपछि र उपमेयर सुनिता डंगोलको नेतृत्वमा चैत २१ गते ढोका फोडेर कार्यालय भित्र्याएसँगै बालेनमाथि राजनीतिक दबाब सुरु भएको थियो । गुरागाईको मिलेमतोमा काठमाडौं टावरको नक्सापास गरेको भन्दै बालेनले उनलाई ७ पुसमा निलम्बन गरेका थिए । सरकारले गुरागाईंमाथिको आरोप पुष्टि हुन नसकेको भन्दै उनलाई नै महानगरमा हाजिर गर्न पठाएपछि त्यसले राजनीतिक लफडाको रूप लिएको थियो । सरकारले समयमै सूचना नदिँदा बालेनको जापान भ्रमण पनि रोकिएको थियो । मन्त्रिपरिषद्ले समयमै निर्णय नगरेको र ढिला गरेको निर्णयबारे समयमै जानकारी नदिएका कारण भ्रमण रोकिएको हो ।