काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरीका निमित्त प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्पष्टीकरण सोधेका हुन्। स्पष्टीकरण पत्रमा गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा रोक्ने काम गरेको विषय उल्लेख गरिएको छ। स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षको ताला खोल्ने काममा अवरोध गरेको आरोप लगाइएको छ।
आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईँले स्पष्टिकरण सोधेका हुन। महानगर स्रोतका अनुसार पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ । गुरागाईं हिजो सोधेको स्पष्टीकरण पत्र पाण्डेले आज बुझेको स्रोतले बतायो । काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि कार्यालय बिदामा बसेका गुरागाईं महानगरमा हाजिर हुन जाँदा विवाद भएको थियो। उपमेयर डंगोलकै नेतृत्वमा गुरागाईं हाजिर हुन भनेर महानगर आएका थिए। महानगरको नगर प्रहरी बलले कार्यालय प्रवेशमा रोकेको थियो। पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा प्रक्रिया नपु¥याई पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाए पछि गुरागाईं बिदामा बसे । पछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए ।
उनले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो । सरकारले गुरागाईलाई नै पठाएको थियो तर, बालेनले मानेका थिएनन् । काठमाडौंका मेयर बालेन्द्र साहले अघोषितरूपमा निलम्बनमा राखेका गुरागाईं गत २१ चैतमा महानगर कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । त्यस दिन नगर प्रहरीले उनलाई अवरोध गर्ने प्रयास गरेको थियो ।नगर प्रहरी प्रमुख पाण्डेकै नेतृत्वमा बाक्लो संख्यामा नगर प्रहरी उनलाई रोक्न खटिएका थिए । काठमाडौँ महानगरपालिकाको कर्मचारीको रूपमा प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना गर्नुपर्नेमा पाण्डेले कर्मचारी आचरण र अनुशासन पालना नगरी अनुशासनहीन कार्य गरेको पनि स्पष्टीकरण सोधिएको छ। त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको र उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत ताला किन नखोलेकोरु प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा किन लिएकोरु भनेर स्पष्टीकरण सोधिएको छ।
स्रोतका अनुसार स्पष्टीकरण पत्रमा मुख्य विषय यही नै छ । घटनापछि उनले गुरागाईंसँग माफी मागेका थिए ।तर, अहिले आएर गुरागाईले स्पष्टिकरण सोधेका हुन् । पाण्डे बालेनका दाईने हात हुन् । उनले बालेनकै निर्देशन अनुसार काम गर्दै आएका छन् । हुनत नगर प्रहरीलाई कारवाहि गर्ने अधिकार प्रमुख प्रशासकिय अधिकृतलाई हुने भएकाले पाण्डे माथी संकट थपिएको छ ।