काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ। लगातार हेर्न नमिल्नेमा परेको रिटको सुनुवाई आज हुन लागेको हो । पटक पटक हेर्न नमिल्नेमा परेपछि विभिन्न आशंका उब्जिएका छन । हिजो पनि रवि लामिछानेका वकिल नातेदार परेको भन्दै न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका थिए । पटकपटक सुनुवाइ हेर्न नमिल्नेमा पर्दै आएको यो रिट आज न्यायाधीश सुवेदी र ढकालको इजलासमा हुने भएको हो।यो इजलासमा दोस्रो नम्बरमै सुनुवाइ हुनेछ।
रवि लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशीको पनि रिट एकसाथ राखिएको छ। लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट छैटौं पटकसम्म हेर्न नमिल्नेमा परेको छ। लामिछाने अहिले मुद्धा सुनुवाईको आशमा छन । तर, उनको आशा अब भने दैनिक निरराशामा परणित हुन थालेको छ । रास्वपाले लगातार सभापति लामिछाने माथी प्रतिशोध साँधिएको आरोप लगाई रहदा पछिल्लो समय बचतकर्ता समेत मिडियामा आउन थालेका छन । ठाडो उजुरीलाई पनि प्रहरीले रवि विरुद्ध दुरुपयोग गरेको बचतकर्ताको आरोप छ । यो संगै प्रहरी समेत दबाबमा परेको छ । त्यसमाथी लामिछानेको मुद्धा दैनिक जसो हेर्न नमिल्नेमा पर्न थालेको छ । जस्ले गर्दा लामिछाने स्वियम वाक्क बनेका छन । जेठ ४ गते न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले पनि हेर्न नमिल्ने भएको थियो। पटकपटक हेर्न नमिल्ने भएपछि उक्त इजलासले हेर्न नमिल्ने बाहेकले गोला तान्न आदेश दिएको थियो। तर पनि सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासले हेर्न नमिल्ने भएको थियो।सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो।
तर उक्त इजलासले हेर्न मिलेको थिएन।वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो।वैशाख २८ गते न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल, वैशाख ३० गते हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठ र वैशाख ३१ गते नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा हेर्न नमिल्नेमा परेको थियो। लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थीन । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो ।तर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो । रवि लामिछाने अहिले भैरहवास्थित कारागारमा छन । आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर तीन दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग लामिछानेले गरेका छन्।