Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन र ओली बिचको टसल बढ्दै,भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने जवाफ

बालेन र ओली बिचको टसल बढ्दै,भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने जवाफ

काठमाडौँ । बालेन शाहले प्रधानमन्त्री के पी ओली लाई सामाजिक सञ्जाल बाटै जवाफ फर्काएका छन । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेपछि शाहले पनि फेसबुकबाटै जवाफ फर्काएका हुन ।

सोमबार उनले फेसबुकबाट ‘सरी केपी ओली’ भन्दै आफू्ले भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताएका हुन् । ‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ रु त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? ’, उनले सोमबार साँझ फेसबुकमा भनेका छन् ।

बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिएका थिए । ओली र शाहबीच लामो समयदेखि आरोप प्रत्यारोप हुँदै आएको छ ।