Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनलाई प्रधानमन्त्री ओलीले हटाए समितिबाटै

बालेनलाई प्रधानमन्त्री ओलीले हटाए समितिबाटै

काठमाडौँ । प्रधानमन्त्री के पी ओलीले बालेन शाहको नाम गणतन्त्र दिवसको मूल समारोह समितिबाट हटाउन निर्देशन दिएका छन । उनी बालेन प्रति आक्रोशित समेत बनेका छन । उनले बैठकमा कहिले पनि नआउँनेका नाम टास्न आवश्यक नरहेको र महत्तव पनि दिन आवश्यक नभएको जिकिर गरेका छन । पछिल्लो सममयमा बालेन र ओलीको सम्बन्ध सुमधुर छैन ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो मूल समितिको बैठक बसेको थियो । उक्त बैठकमा काठमाडौंका मेयर शाह अनुपस्थित थिए ।

अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका थिएनन् । आजको बैठकमा पनि उनी अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बैठकमा चासो राखेका थिए । ‘स्रोतका अनुसार, सम्भवतः मूल समारोह समितिको पदेन सदस्यमा महानगरको मेयर रहने व्यवस्था हटाइनेछ ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।