Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा,कारण के ?

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा,कारण के ?

काठमाडौँ । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । रवि लामिछानेका वकिल नातेदार परेको भन्दै न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएको स्रोतले दाबी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नजिकको आफन्त पर्ने वकिल लामिछानेको तर्फबाट र न्यायाधीश नित्यानन्द पाण्डेयका नजिकका आफन्त पर्ने वकिलको नाम पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट यस मुद्दाको वकालतनामामा रहेकाले मुद्दा हेर्न नमिल्ने भएको हो । लगातार लामिछानेको रिटमा सुनुवाई नभए पछि चिन्ता थपिएको छ । कहिले कस्को ईजलासमा हेर्न नमिल्ने त कहिले कस्को ईजलासमा हेर्न नमिल्ने भन्दै सुनुवाई नै टर्दै आएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो । लामिछाने अहिले मुद्धा सुनुवाईको आशमा छन् । तर, उनको आशा अब भने दैनिक निरराशामा परणित हुन थालेको छ । एक मििहना अघि दायर भएको रिट अहिलृे सम्म छिनोफानो हुन सकेको छैन । रास्वपाले लगातार सभापति लामिछाने माथी प्रतिशोध साँधिएको आरोप लगाई रहदा पछिल्लो समय बचतकर्ता समेत मिडियामा आउन थालेका छन् । ठाडो उजुरीलाई पनि प्रहरीले रवि विरुद्ध दुरुपयोग गरेको बचतकर्ताको आरोप छ । यो संगै प्रहरी समेत दबाबमा परेको छ । त्यसमाथी लामिछानेको मुद्धा दैनिक जसो हेर्न नमिल्नेमा पर्न थालेको छ । जस्ले गर्दा लामिछाने स्वियम वाक्क बनेका छन् । यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेलको इजलासमा पेसी तोकिँदा हेर्न नमिल्ने भनेर सुनुवाइ गरिएन । हरि फुयालले पनि यो निवेदनमा सुनुवाइ गरेनन्। वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेका छैनन्।

रविसँगै पूर्वडीआईजी छविलाल जोशीको निवेदन पनि साथै राखेर पेस गरिएको छ।न्यायाधीश पोखरेल सम्मिलित इजलासमा परेको मुद्दा यसअघि पनि हेर्न नमिल्ने भएको थियो । लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थीन । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो ।तर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो । रवि लामिछाने अहिले भैरहवास्थित कारागारमा छन । आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर तीन दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग लामिछानेले गरेका छन्।