काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सुनसरी जिविसका पूर्व जिविस सभापति रमेश श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गरेका छन । श्रेष्ठ मात्रै होईन इनरुवाका पूर्व उपमेयर माधव पोखरेल लगायत दर्जनौँ व्यक्तिहरू राप्रपा नेपाल प्रवेश गरेका थिए । पछिल्लो समय राप्रपा नेपालले हिन्दु राष्ट्र पुनस्थापना र राजसंस्था पुन स्थापनाको माग गर्दै सडकमा छ ।
राप्रपा नेपाल मात्रै नभएर राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा, दुर्गा प्रसाईको धर्म संस्कृति र नागरिक बचाउ महाअभियान त्यस्तै अन्य हिन्दु संघ संस्था पनि एक जुट भएका छन् । अहिले कति पय नेताहरु हिन्दु राज्यको पक्षमा वकालत गर्दै राप्रपा , राप्रपा नेपाललाई साथ दिन थालेका छन् । धमाधम एमाले काँग्रस छाढ्ने्को लर्काे लाग्न थालेको छ । हुन त राजनितीमा पार्टी छोड्ने र प्रबेश गर्ने कुरा नौलो भने होईन । अबसरबादी चरित्र भएका नेताहरु प्राय पार्टी हेरफेर गरिरहेकै हुन्छन् । त्यसमाथी पनि अहिले एमाले लगायतका पुराना दल संग जनताको पनि आक्रोस बढीरहेको छ । यहिबेलामा राजावादीको आन्दोलन पनि चर्कीन थालेको छ । सडकमा राजावादी आउन थाले संगै सुरक्षा ब्यबस्था पनि अब कडा बढाउने तयारी छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौँमा सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन । नवराज सुवेदी नेतृत्वमा रहेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले जेठ १५ देखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तीव्र पार्दै लगेको छ । आन्दोलनलाई बढीभन्दा बढी जनसहभागितालाई मध्यनजर गरिने उपत्यका जनजागरण अभियान संचालन गर्ने समेत निर्णय गरेको छ ।राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुर केन्द्रित ५ दिने जनजागरण अभियान सुरु गर्ने भएको छ । काठमाडौंको साँखुबाट सुरु हुने अभियान काठमाडौंको काँठ क्षेत्र हुँदै ललितपुरबाट भक्तपुरको चाँगुनारायण पुगेर समापन गरिने भएको छ । सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अवज्ञाको रूपमा अघि बढ्ने दाबी गरे ।
अनावश्यक हस्तक्षेप गर्ने ,बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस भन्दै अहिलेको कुशासन र भ्रष्टाचारको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो । जनतालाई रोक्ने दुष्साहस कतैबाट नहोस भन्दै थापाले संवाद र सहमतिमा पनि निकास खोज्न सकिने भएकोले गणतन्त्रबादिहरुलाई सहमतिको बाटोमा आउन समेत थापाले आमन्त्रण गरेका छन् । अहिले राजावादीको सक्रियता बढे संगै अन्य दलहरु त्नावमा छन् ।