Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज प्रतिनिधि सभाको बैठक बस्ने,के के छन कार्यसूची ?

आज प्रतिनिधि सभाको बैठक बस्ने,के के छन कार्यसूची ?

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।

यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने कार्यसूची तय भएको छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्ने बताइएको छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्ने तालिका छ । छलफलसँगै विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले जानकारी दिए ।