Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेले बनाएको उपसभामुखलाइ ओली र देउवा मिलेर सुटुक्क हटाउन खोजेपछि...

रवि लामिछानेले बनाएको उपसभामुखलाइ ओली र देउवा मिलेर सुटुक्क हटाउन खोजेपछि...

काठमाडौँ । रवि लामिछानेले प्रस्ताव गरेपछि रास्वपा पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानामगरलाई ओली र देउवा मिलेर हटाउने तयारी गरेको खुल्न आएको छ । रास्वपा बाट उपसभामुख बनेकी इन्दिरालाई यो भन्दा अघि सरकारले हटाउने तयारी गरेको थियो । अहिले एमाले र काग्रेसको सरकार मिलेर उपसभामुख लाई नै हटाउने तयारी अन्तिम चरणमा पुगेको पनि खुल्न आएको छ । रास्वपा पार्टीको पछि हात धोएर लागेका के पी ओलीकै पहलमा नै इन्दिरालाई पदबाट हटाउन लागिएको हो । ओलीले पछिल्लो समयमा विपक्षीलाई धमाधम निकाल्दै आफना लाई राख्ने गरेका छन । यो भन्दा अघि पनि उनले बिद्युत प्राधिकरण बाट कुलमानलाई निकालेर हितेन्द्र लाई राखिसकेका छन,भने आफनै पार्टीकी शिक्षामन्त्रीलाई कामै गर्न नदिएर दबाब दिएर राजीनामा दिन लगाएका थिए ।

अब उनी उपसभामुखलाई हटाउन लागि परेका छन । इन्दिरा लाई हटाउँने प्रस्ताव काग्रेसको पदाधिकारी बैठक सम्म नै पुगेको बिषय अहिले चर्चामा रहेको छ । गत शुक्रबार बसेको काग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले इन्दिरालाई हटाउँने प्रस्ताव लगेका थिए । केही नेताका अनुसार गृहमन्त्री लेखकले पछिल्ला राजनीतिक घटनाक्रम, एमालेसँगको सम्बन्ध, संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी पदपूर्ति लगायतबारे जानकारी गराएका थिए । कांग्रेस बैठकमा गृहमन्त्री लेखकले विस्तारमा कुरा राखेपछि केही नेताले उपसभामुख हटाउनुपर्ने कुरामा समर्थन गरेको समेत खुल्न आएको छ । तर उपसभामुख ‘हटाउनु हुन्न्’ भन्ने मत राख्ने नेताहरुले सत्तारुढ दलभित्रै गम्भीर अभियोग लागेका नेताहरुको माथि प्रश्न उठाएका थिए । बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा भने उपस्थित नरहेको समेत खुल्न आएको हो ।  सरकार बनेको १० महिनामा यी र यस्तै कदमले सबैभन्दा बढी आलोचित बनेका ओलीको कार्यशैली प्रति अहिले धेरै जनता आक्रोेशित बनेका छन ।

केही  समय अघि आफूसँगै अमेरिका जान नेपालस्थित अमेरिकी दूतावासमा असम्बन्धित पाँच जनाका अन्तर्वार्ता मिलाइदिन पत्र लेखेर पदीय दुरुपयोग गरेको भन्दै यसअघि पनि कांग्रेस–एमालेले उनलाई हटाउने तयारी गरेका थिए । त्यसबेला सांसदहरुको हस्ताक्षर समेत संकलन गरिएको थियो । तर कांग्रेसभित्रैबाट विरोध र दुई तिहाई मत नपुग्ने अवस्था बनेपछि त्यसबेला दुई दल पछि हटेका थिए । उपसभामुख रानामगरले अन्जानवश त्रुटी भएको भनी माफी मागेकी थिइन् । तर उक्त बिषयलाई फेरि चर्चामा ल्याएर भएपनि सरकार उनलाई हटाउँने पक्षमा रहेको छ ।