काठमाडौँ । स्वतन्त्र रुपमा उठेर चुनाब जितेका धरानका मेयर हर्क साम्पाङले पार्टी खोल्न लागेको घोषण गरेका छन । उनी केही दिन अगाडि इलाम पुगेर यस बिषयमा जानकारी दिनुका साथै संगठन निमार्णमा अझ सक्रिय भएर लाग्ने बताएका हुन । अहिले देशमा सर्वाधिक लोकप्रिय बनेका बालेन शाह र कुलमान घिसिङ सँग मिलेर पार्टी खोल्न लागेकाले संगठन विस्तारमा ढिलो हुन पुगेको समेत उनले बताएका हुन । पछिल्लो समयमा जनताले बालेन शाह,हर्क साम्पाङ,कुलमान लगाएत मिलेको हेर्न आतुर देखिन्छन । बिहिबार इलामा पुगेका हर्कले बालेन र कुलमान सँग पार्टी खोल्ने बिषयमा कुराकानी गरेको तर यस बिषयमा उनीहरु मौन बसेको जानकारी पनि गराएका थिए ।
बालेन र कुलमानले पार्टी खोल्ने इच्छा नदेखाएपछि हर्क आफै आफनो संगठन विस्तार गर्न लागेको प्रस्टै बुझिएको छ । बालेन र कुलमानले प्रष्ट जवाफ नदिएपनि सामाजिक सञ्जालमा देखिएका आफ्ना समर्थकहरुलाई निराश नबनाउन पनि दल खोल्न कस्सिएको उनको भनाई छ । मेयर साम्पाङ दल निर्माणको तयारी अन्तर्गत संगठन निर्माणका लागि इलाम पुगेका हुन । अहिले उनले विभिन्न ठाउँहरुमा गएर संगठनहरु बनाइरहेका छन । उनी आफै सक्रिय भएर संगठन निर्माण गदैँ ८४ सालमा एउटा बलियो राजनीतिक शक्ति बन्ने दाउमा देखिएका छन । इलाममा भएको सार्वजनिक सभापछि हर्क युवाहरुसँग पनि छलफल गरेका थिए । उनले थुप्रै युवाहरु सँग छलफल गरेको बुझिएको छ । युवाहरुसँगको बसाइमा अहिले देखिएको स्वतन्त्रहरुको भीड व्यवस्थापन गर्न पनि संगठन निर्माणको आवश्यकता परेको मेयर साम्पाङले बताएका थिए । उनले अब धेरै ढिलाइ नगरी संगठन निर्माणको काम अगाडि बढ्ने बताएका छन ।
राजनीतिक दल खोल्दा भने पहिचान भन्दा पनि श्रम संस्कृति र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डालाई मुख्य मान्ने संकेत मेयर साम्पाङले दिएका छन । जनश्रमदान बाट विकास निमार्ण लागि परेका उनी धरानको विकासमा अहोरात्र खटिने गरेका छन । श्रमदान बाटै देश विकास हुन्छ भन्ने अठोट बोकर हिडेका हर्कलाई धरानै जनताले पनि राम्रो साथ दिइरहेका छन । मेयर साम्पाङले दल खोल्ने सन्देश राजधानी काठमाडौंलाई पनि दीसकेका छन । गत वर्ष काठमाडौं आउँदा उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको ब्यानर बोकेर एक्लै प्रदर्शनमा आएका थिए । गत मंसिरमा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पनि मेयर साम्पाङले आफू धरानमा नखुम्चिने प्रष्ट सन्देश दिएका थिए । स्वतन्त्रको लहर बाट उदाएका उनको चर्चा राष्ट्रिय तथा अन्तिराष्ट्रिय स्तरमा हुने गरेको छ ।