काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले जब आफनो आमालाई भने आमा म राजनिति छाडिदेउ भने तब उनकी आमाले भनिन ‘तैँले राजनीति छाडे थारुहरुको विजोग हुन्छ, छाड्न हुँदैन । आखिर रेशम चौधरीले आमालाई किन यस्तो प्रश्न गरे होला न त ? किन उनी राजिनितीबाट टाढा हुन खोजेका छन त ? आज एकाएक रेशम चौधरीले आफनो सामाजिक सञ्जालमा आमासँग राजनीति छाड्ने प्रस्ताव राखेपछि अहिले उनको स्टाटसप्रति सबैले आआफनो बिचारहरु राखिरहेका छन । रेशम चौधरीले आफूमाथि पछिल्लो पटक भएको गैरकानूनी गिरफ्तारीले आमाको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएका छन । उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन काठमाडौ बाट फर्केको दिनमा आमाको फोन आयो र भन्नुभयो ( छोरा १ मलाई रिंगटा लागिरहन्छ । उपचार गराउन नेपालगन्ज लान्छौ ।
आमाको अवस्था र वचन मैले कसरी नकार्छु र ? हिजो आमालाई लिएर जिल्ला अस्पताल बर्दिया पुगेँ । सबै परिक्षण गर्दैगर्दा आमाले डाक्टरलाई भन्नुभएछ । म बिरामी भएको हैन डा।साप । मेरो छोरा रेशम लाई पुलिसले समातेर जेल र्पुयाएको रात देखि सुत्न सकेको छैन । मेरो निर्दोष छोरालाई किन पटकपटक समातेर जेल लान्छन हँ ? डा। सापले भन्नुभएछ ( अब लान्नन । आमा कम्जोर हुनुभएको छ । आमाको अवस्था हेर्दा लाग्छ,राजनीति छोडिदिउँ। दिनभरि घोत्लिरहेँ । बेलुकि भात खाँदा आमालाई सोधेँ ( राजनीति छोडिदिउँ आमा ? मुखको गाँस चपाइसकेपछी आमाले जवाफ दिनुभयो ( तैले राजनीति छोडे हामी सबै थारुहरुको बिजोग हुन्छ बा । अब त झन छोड्नुहुन्न । त्यसपछि उहाँले भनेको शब्द म लेख्न सक्दैन उनले लेखेका छन ।

आमालाई उपचार गर्न नेपालगञ्ज लिएर गएको प्रसंग उल्लेख गर्दै उनले सो क्रममा आमाले डाक्टरलाई आफू कुनै पनि विरामी नभएको तर, छोराको गिरफ्तारीको दिनदेखि निदाउन नसकेको भनी सुनाएको बताएका छन । आमाको अवस्था देख्दा आफूलाई राजनीति नै छाडिदिउँ जस्तो लागेको पनि उनले बताएका छन । बेलुकी खाना खाने बेलामा आमालाई ‘म राजनीति छाडिदिउँ ?’ भनेर सोधेको पनि उनले उल्लेख गरेका छन । यो क्रममा आमाले ‘तैँले राजनीति छाडे थारुहरुको विजोग हुन्छ, छाड्न हुँदैन’ भनेर सम्झाएको समेत रेशमले उल्लेख गरेका छन । चौधरीलाई गत वैशाख १७ गते विचाराधीन मुद्दाको सन्दर्भमा भनी पक्राउ गरी कारागार पठाइएको थियो । सर्वोच्च अदालतले रेशमलाई थुनामा पठाउने पत्र आधिकारिक नरहेको बताउँदै उनलाई पक्रिएर थुनामा राखेको भए छाडिदिन भन्दै फेरि कारागार कार्यलयलाई पत्र लेखेको थियो । सो दिन उनी करिब ५ घण्टा थुनामा बस्नु परेको थियो ।