Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह एकाएक नेपालमा राजावादी किन हौसिए ?

पुर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह एकाएक नेपालमा राजावादी किन हौसिए ?

काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र शाहका नाती तथा पारस शाहका छोरा हृदयेन्द्र शाह एकाएक नेपाल आएपछि पुन राजनीतिक वृत्त तरंगित बनेको छ । यहीँ जेठ १५ गते राजसंस्था पुनःस्थापनाका लागि निर्णायक आन्दोलन सुरु हुने कुरा भैरहँदा उनी नेपाल आएपछि शाहको चर्चा पुन सुरु भएको हो । हृदयेन्द्र नेपाल आएसँगै राजावादीहरु हौसिएका छन । राजालाई जसरी पनि फर्काउनका लागि विभिन्न राजनीतिक दल,संघ र संगठनहरु सक्रिय भएका छन । पारस शाहका छोरा रहेका हृदयेन्द्र लाई अहिले विभिन्न वाहाना राजनीतिमा तान्ने क्रम बढेको छ ।

केही समय पहिले ओलीले उनलाई राजा बन्ने सपना नदेख्न चेतावनी दिएका थिए भने अभिनेत्री सुरक्षा पन्तले उनको बारेमा केहीँ टिप्पणी गरेपछि उनको चर्चा ह्वत्तै बढेको थियो । आन्दोलनको मुखैमा नेपाल आएका उनी माथि अहिले सबैको ध्यान रहेको छ । आज शनिवार बिहान ८ः३० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किएका उनका तस्बिर अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । लामो कपाल र जुँगासहित अलिक फरक गेटअफमा देखिएका उनलाई चिन्न अलिक मुस्किल देखिन्छ । विमानस्थलमा आज बिहान उनलाई लिन राजपरिवारसँग सम्बन्धित एक महिला एयरपोर्ट गएको समेत बताइएको छ । पुर्वराजाका सुरक्षा गार्डले पूर्वराजा चढ्ने बीएमडब्ल्यू कार लिएर गएको पनि बताइएको छ । हृदयेन्द्र फर्किने क्रममा आफैंले कार ड्राइभ गरेको तस्बिरमा देख्न सकिन्छ । हृदयेन्द्र सिधै निर्मल निवास गएका थिए ।

हृदयेन्द्र फर्किने क्रममा आफैंले कार ड्राइभ गरेको तस्बिर

हेर्दा चट्ट देखिने उनका धेरै युवा युवतीहरु फ्यान समेत रहेका छन । २२ वर्षीय पूर्वनवयुवराज हृदयेन्द्र अहिले अध्ययनका क्रममा अमेरिकामा बस्छन । अमेरिकाको बोस्टनमा मास्टर्स पढिरहेका छन उनी । स्नातक पनि उनले यही पढेका थिए । केही समयको बिदाका लागि उनी नेपाल आएको बताइएको छ।

आफ्नो अध्ययनमै ‘फोकस्ड’ रहेका यी तीनै दाजुबहिनी सार्वजनिक कार्यक्रमहरूमा कमै देखिन्छन । विगतमा हिमानी ट्रस्टले गरेका एकाध कार्यक्रममा हृदयेन्द्र देखापरेका थिए । अन्यथा चुपचाप विदेशमा पढेर बसिरहेका छन । शालिन र शान्त छविका हृदयेन्द्र आजका दिनसम्म ‘लो९प्रोफाइल’ को जीवन बाँच्दै आएका छन । पिता पारस शाहको भन्दा उनको छवि अहिले सम्म राम्रो रहेको छ । पारस सुरुदेखि अनेक विवादमा मुछिएका थिए भने हृदयेन्द्र आजका दिनसम्म विवादमुक्त रहेका छन । उनको शिष्टता र अनुशासनलाई लिएर धेरेले प्रशंसा गर्ने गर्ने गरेका छन ।