Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविन्द्र मिश्र हाजिरी जमानीमा रिहा

रविन्द्र मिश्र हाजिरी जमानीमा रिहा

काठमाडौँ ।रविन्द्र मिश्र हाजिरी जमानीमा रिहा भएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका मिश्र शुक्रबार रिहा भएका हुन ।

गएको चैत १५ मा तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ गरेर प्रहरीले मिश्रमाथि सङ्गठित अपराध, राज्य द्रोह र आपराधिक उपद्रवका तीन कसूरमा अनुसन्धान गरेको थियो ।

आठ पटक म्याद थप्दा पनि हिरासत लम्ब्याउने सरकारी प्रयास भएको भन्दै मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

हिजो सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दियो । सर्वोच्चको आदेशसँगै मिश्र हाजिरी जमानीमा रिहा भएका हुन ।