Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने विरुद्ध उजुरी नहालेको भन्दै अर्की बचतकर्ताले पनि लेखिन स्टाट्स,प्रहरी माथि नै शंका उब्जियो

रवि लामिछाने विरुद्ध उजुरी नहालेको भन्दै अर्की बचतकर्ताले पनि लेखिन स्टाट्स,प्रहरी माथि नै शंका उब्जियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने सुप्रिम बचत तथा ऋिण सहकारीको सरकम हिना मिनाको आरोपमा यतिबेला कारागारमा छन् । १ करोड धरौटि छाड्ने जिल्लाको आदेश उल्ट्याउँदै उच्च अदालतले कारागार चलान गरेको छ । रवि लामो समय देखी कराघारमा छन् । तर, पछिल्लो समय सादा उजुरीलाई प्रहरीले रविविरुद्ध दुरुपयोग गरेको भन्दै बचतकर्ता सामाजीक सञ्जालमा आउन थालेका छन् । अहिले रविलाई काराघार चलान गरेर अनावश्यक दुख दिएको भन्दै आलोचना भई रहेको छ । रास्वपा स्वयमले प्रतिशोध साँधेको आरोप लगाई रहदाँ कतै वास्तबमा प्रतिशोधनै हो कि भन्ने आशंका अब चुलिएको छ । सहकारी ठगीको विषयमा रुपन्देही प्रहरीले गरेको अनुसन्धानमाथी अब प्रश्न उठ्न थालेको छ ।

आफ्नो सादा उजुरीलाई प्रहरीले रविविरुद्ध दुरुपयोग गरेको भन्दै तेस्रो बचतकर्ता सार्वजनिक भएकी छन् । जाहेरीकर्ताको पहिलो नम्बरमै नाम रहेकी रुपन्देही तिलोत्तमाकी पूजा न्यौपानेले आफूले रविविरुद्ध जाहेरी नदिएको बताएकी हुन् । आफूलाई अहिलेसम्म यो विषयमा प्रहरी प्रशासनले कहिल्यै बोलावट र सोधखोज समेत नगरेको उनको भनाइ छ । उनले सामाजीक सञ्जालमा भनेकी छिन् ।

म सुप्रीम सहकारीको बचतकर्ता र सहकारीपीडित हुँ । मैले आफ्नो ब्यापारबाट आएको आम्दानीलाई धेरैथोरै बचत गर्दै केही रकम सहकारीमा जम्मा गरेकी थिए । जब सहकारी डुब्यो भन्ने थाहा पाए त्यसपछी धेरैपटक पैसा पाईन्छ कि भनेर सहकारी कार्यालय गएर लाईनमा बसे । पछी ईलाका प्रहरी कार्यालय बुटवलबाट पैसा फसिएकाहरुले निवेदन दिनु भनेपछी मैले पनि पैसा फिर्ता पाउ भनेर निवेदन र पासबूकको फोटोकपी लगेर बुझाएको हो । मैले कुनै ब्यक्तिविशेषलाई किटानी जाहेरी वा उजुरी दिएकी छैन । तर रवी लामिछानेसहितलाई उजुरी दिएको भन्दै मेरो नाम उजुरीकर्ताको पहिलो नम्बरमै राखिएको रहेछ १ मैले ढिलामात्रै थाहा पाए । कसैलाई उजुरीनै नदिएको मान्छेलाई उजुरीकर्ता बनाईरहदा प्रहरीले एकपल्ट जानकारी सम्म दिएन, मैले उजुरी दिएकै हैन मैले त पैसा फिर्ता पाउँ भनी निवेदनमात्रै दिएकि हुँ ।

म आजपनि भन्छु, हामीले दुख गरेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ , तर कसैलाई राजनितिक रुपमा प्रतिशोध गरेर फसाउन खोजिरहदाँ हामी सोझा जनतालाई प्रयोग नगरियोस । उनले सामाजीक सञ्जालमा लेखेकी छिन् । यसअघि दुईजना बचतकर्ताले पनि यस्तै गुनासो सार्वजनिकरुपमा गरेका थिए, जसले गर्दा प्रहरी दबाबमा परेको छ । पूजाले पनि बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था केही रकम बचत गरेकी थिइन् । सो रकम फिर्ता नआएपछि आफूले निवेदन दिएको उनले फेसबुकमा लेखेकी छन् । प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए । त्यसको ११ दिनपछि अर्की जाहेरीकर्ता गीता आचार्यले पनि रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताइन् । अहिले गीतापछि पुजाले पनि प्रहरीले आफ्नो जाहेरी दुरुपयोग गरेको भने पछि सामाजीक सञ्जालमा हंगामा मच्चिएको छ ।