काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेकी कांग्रेसकी सांसद माया राई सत्ताको आडमा १९ दिनमै हिरासतमुक्त भएकी छिन् । राईमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धानसमेत नगरी सामान्य बयानमै अनुसन्धान टुंग्याइएको खुल्न आएको छ । एउटै सहकारीको मुद्धामा रास्वपा सभापति रविलामीछानेमाथी भने सरकार कठोर देखिएको छ । राईमाथी सम्पत्ति सुद्धिकरणको मुद्धा अनुसन्धान बिनानै सकिएको छ भने लामीछाने अहिले विभिन्न मुद्धामा घेरिएका छन् । सुप्रिम सहकारीमा उच्चले जिल्लााके मुद्धा उल्टाएर थुानामा पठाए पनि एउटै मुद्धामा कसैलाई काखा कसैलाई पाखा गरिएको छ । स्वर्णलक्ष्मीमा पनि रवि लामिछाने धरौटिमा छुटे पनि उनको मुद्धा सकिएको छैन ।
जबकि यही मुद्दामा संलग्नता पुष्टि नभएका रवि लामिछानेसँग अदालतले ६० लाख धरौटी मागेको थियो । रविले केवल जिबी राईले लगानी गरेको गोर्खा मिडियाको प्रबन्ध निर्देशकका हैसियतमा चेकमा हस्ताक्षर गरेका थिए, तर उनलाई मुख्य प्रतिवादी बनाइएको थियो ।तर राई भने काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी आर्थिक वर्ष २०७३÷०७४ देखी ७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् । आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मा भने उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिवको जिम्मेवारीमा थिइन् । राई सञ्चालक समितिमा रहेको बेला आर्थिक वर्ष २०७३÷७४ मा पनि रकम अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यतिबेला विना धितो ऋण प्रवाह गरेको समेत भेटिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीमा ८९ लाख ३४ हजार ३५५ रुपैयाँ सांसद राई सञ्चालक समितिको सदस्यमा रहेका बेला अपचलन भएको खुलेको छ । कुल पूँजीको १० प्रतिशतभन्दा बढी रकम लगानी गरेको भेटिएको थियो ।त्यस्तै सूचीकृत नभएका संस्थालाई समेत लगानी गरेको भेटिएको थियो ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा सांसद राईलाई पक्राउ गरिएको थियो । बुधबार बयान र थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो । सांसद राई कुनै समय उक्त सहकारीको सहसचिव समेत थिइन् ।
उनी सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको खुलेको छ । एउटै सहकारीको मुद्धा रविले खेपि रहदाँ र संसदबाटै निलम्बन भएको अवस्थामा राईले तलव भत्ता समेत पाइन् । हुँदा हुदा अहिले मुद्धा नै फितालो बनाईएको छ । थुनछेक आदेशअनुसार धरौटी बुझाएर उनी थुनामुक्त भएकी हुन् । मंगलबार मुद्दा दायर भएको थियो भने बुधबार जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा बयान र थुनछेक बहस एकैदिनमा सकेर आदेश दिइएको थियो । संगठित अपराधको कसुरमा प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउनेमा उनको हकमा १७ दिनमै प्रहरीले अनुसन्धान सकाएको हो ।