काठमाडौँ । टेरामक्स प्रविधि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बनमा पर्ने सांसदको संख्या ३ पुगेको छ । यता एक जना सांससद अझै फरार रहेकी छिन् । काँग्रसका मोहन बस्नेत । रास्वपाका रवि लामिछाने, माओवादीको कित्ता छाडेर एमालेमा लागेका टोपबहादुर राईमाझी निलम्बानमा परेका छन् ।
मोहनबहादुर बस्नेतको टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वतःनिलम्बनमा परेको हो। भ्रष्टाचार मुद्दा दर्ता गर्नासाथ सांसद पद निलम्बन हुने कानुनी व्यवस्था छ । बस्नेत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यता पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको सांसद पद सहकारी ठगी , संगठीत अपराध तथा सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि निलम्बनमा परेको हो । उच्च अदालत बुटवलको आदेशमा लामिछाने अहिले थुनामा छन् । लामिछाने चितवन ३ बाट निर्वाचित सांसद हुन् । यस्तै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा करोडौं लिएर ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएसँगै नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको थियो। रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।
अहिले राईमाझी निलम्बीत भए संगै अर्घाखाँची पनि नेतृत्व बिहिन अबस्थामा पुगेको छ । जनताको आवाज बोल्ने सांसद नै नभए पछि जनता मारमा परेका छन् । यता सहकारी ठगी प्रकरणमा मुछिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेत फरार छिन्। तर उनले आफू स्वास्थ्य उपचारमा रहेको पत्र प्रतिनिधिसभा सचिवालयमा पठाएकी छन्। उनी २०८१ माघ १८ गतेदेखिका बैठकमा अनुपस्थित रहेको संसद् सचिवालयले जनाएको छ। तर नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा मुछिएकी सांसद बस्नेत भने संसद् अधिवेशन सुरु नहुँदैदेखि फरार थिइन्। इता यस अगाडी भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेसकै सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले निलम्बन फुकुवा भई प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन्।
गुरुङ २०७९ मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा किनारा नलागेसम्म गुरुङलाई निलम्बन गरिएको संसद् सचिवालयले जनाएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ । ऋहिले सांसद पद निलम्बनको क्रम बढ्दै गएको छ ।