Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चोरी भएका २२ ओटा दुईपाङग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर)ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

चोरी भएका २२ ओटा दुईपाङग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर)ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन ९ मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विनोद घिमिरेले १६ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममाकेही वास्तविक नम्बर प्लेटमा र केहीनक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको मुलपानी,माकलबारी,सुकेधारा, गौरीघाट, काँडाघारी,नयाँबसपार्क,सोह्रखुट्टे,स्वयम्भु, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी र ठिमी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २२ओटा सहित४ सय ३१ओटा सवारी साधन गत साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ४० ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।आज बुझाईएका २२ओटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।

सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९र०८० मा ४ सय ९९ ओटा,०८०र०८१ मा ४ सय १७ ओटा र ०८१र०८२को आज सम्ममा ४ सय ३१ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधनसुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक,डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत(जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाप्रवक्ता प्रहरी उपरिक्षक दिपक गिरीले अनुरोध गरेका छन । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३,नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।