Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई थुनामा पठाएको मुद्दामा ठुलो रकम चलखेल भएको खुल्यो, बचत रकम नै किर्ते

रवि लामिछानेलाई थुनामा पठाएको मुद्दामा ठुलो रकम चलखेल भएको खुल्यो, बचत रकम नै किर्ते

काठमाडौँ । रवि लामिछानेलाई थुनामा पठाएको मुद्दाको अभियोगपत्र रकममा पनि चलखेल भएको खुलेको छ । अनुसन्धानमा क्रममा बचतकर्ताको रकम पनि किर्ते गरी राखेको खुल्न आएको हो । रुपन्देही प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख गरिएको बचत रकम भन्दा बचतकर्ताको रकम कम भएको बचतकर्ताले नै बताएका छन ।  अदालतमा पेश गरिएको अभियोग पत्रमा सहकारी पीडित चञ्चला सेठियाको बचत रकम २२ लाख ४६ हजार ६ सय ३८ रुपैयाँ उल्लेख गरिएको छ । तर आफ्नो बचत रकम जम्मा १२ लाख भएको सेठियाले बताएकी छिन् । अभियोग पत्रको १३ नम्बर पेजमा उनको बचत रकम लेखिएको छ ।  उनको भनाई अनुसार वास्तविक बचत भन्दा १० लाख ४६ हजार बढी रकम उल्लेख गरेर अभियोग पत्र पेश भएको छ ।

यस विषयमा रुपन्देही प्रहरीले भने यस अघिनै अनुसन्धान भएर अदालतमा विचाराधीन  विषय भएकाले अहिले थप भन्न नसकिने बताउँदै आएको छ । सरकारी वकिलको कार्यालयले मुद्दा पेस गर्दा त्यसमा प्रस्तुत गरिएका विषय तथ्यमा आधारित हुनुपर्ने, त्यो नभए अदालतलाई ढाँटेको ठहर्ने केही अधिवक्ताले बताएका छन । अन्य बचतकर्ताको रकम पनि फरक पारिएको हुन सक्ने आशंका सुरु भएको छ । यता रविको मुद्धामा यसअघि नाम नै किर्ते गरिएको खुलिसकेको छ ।  उजुरी दिएका भनिएका एक महिलाले पनि रवि बिरुद्ध आफुले उजुरी नहालेको र नाम नै किर्ते गरिएको आरोप लगाएकी छिन । सुप्रिम सहकारी कै बचतकर्ता रहेकी गीता आर्चायले आफ्नो नाम उजुरीकर्ताको सूचीमा आउँदा आश्चर्यचकित परेको बताएकी छिन । वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका नारायण पहराईले यस्तो आरोप लगाएका थिए । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो । आफूले बचत फिर्ताका लागि निवेदन दिएको तर रवि विरुद्ध कुनै उजुरी नगरेको उनको भनाइ छ । वैशाख २७ गते जाहेरीको १६ औँ नम्बरमा नाम रहेकी गीता आचार्यले उस्तै दाबी गरेकी हुन् । उनले पनि बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन् । एकपछि अर्को उजुरीकर्ताले यस्तो लगाउँदा रुपन्देहीमा प्रहरीले गरेको सहकारी ठगीको अनुसन्धानमै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । रवि लामिछानेलाई नै फसाउँने नियतले यस्तो गरेको भन्दै सरकारको र प्रहरीको बिरोध भैरहेको छ । सहकारी ऐनअनुसार सहकारी रकम बचत अपचलनको मुद्दा सहकारीका सञ्चालक, व्यवस्थापक वा कर्मचारीलाई मात्र लाग्नेमा सहकारीसँग सम्बन्ध नै नरहेका रविविरुद्ध लगाइएको छ ।