काठमाडौँ । रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज मंगलबार पेशी तोकिए पनि हेर्न नमिल्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको मुद्दा आज पनि हेर्न नमिल्ने भएको हो ।
उक्त मुद्दा आइतबार पनि हेर्न नमिल्नेमा परेको थियो । उक्त दिन न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा तोकिएको थियो ।
न्यायाधीश हुनुअघि सुनिलकुमार पोखरेलले रविकै तर्फबाट बहस गरेका कारण सो निवेदन हेर्न नमिल्ने भएको थियो । लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थिइन् । रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले २४ दिनसम्म पनि सुनुवाइ गर्न नसके पछि विभिन्न शंकाहरु उब्जिन थालेका छन ।
बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील मुद्दामा शीघ्र सुनुवाइमा जानुपर्नेमा सरकारले सुनुवाइ सार्ने, मिति सार्नेजस्ता अनेक उपायहरु अपनाइरहेको आरोप लागेको छ ।बन्दी प्रत्यक्षीकरण कुनै पनि व्यक्तिलाई राज्यले गैरकानुनी रूपमा थुनेको अवस्थामा दायर गरिने संवेदनशील मुद्दा हो । तर, राज्यले गैरकानुनी रूपमा पक्राउ गरेर थुनामा राखेको भन्दै सर्वोच्चमा निवेदन परेको थियो । आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रवि लामिछानेका तर्फबाट गत वैशाख ७ मा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर भएको थियो । मुद्दा दायर भएको २२औँ दिनमा आइतबार बल्ल पेसी चढेको थियो । गोलाप्रथाबाट न्यायाधीश सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पनि परेको थियो । आइतबार पेसी चढेकोमा पनि हेर्न नमिल्नेमा राखिएको थियो । न्यायाधीश हुनुअघि सुनिलकुमार पोखरेलले रविकै तर्फबाट बहस गरेका कारण सो निवेदन हेर्न नमिल्ने भएको हो । रवि लामिछाने अहिले भैरहवास्थित कारागारमा छन् । लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दा आज ‘हेर्न नमिल्ने’मा परेको यो तेस्रो पटक हो ।
संविधानले प्रत्येक नागरिकलाई गैरकानुनी गिरफ्तारीविरुद्ध लड्ने अधिकारका रूपमा बन्दीप्रत्यक्षीकरणको मुद्दा प्रयोग गर्ने व्यवस्था दिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो । तर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो ।