Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ऋषि धमला र मन्त्री लाई विमानस्थल भित्रै भैँसीले लखेटेपछि भागाभाग,भिडियो भाइरल

ऋषि धमला र मन्त्री लाई विमानस्थल भित्रै भैँसीले लखेटेपछि भागाभाग,भिडियो भाइरल

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितको टिमलाई भैँसीले लखटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सोमबार विमानस्थल परिसरमै ऋषि धमलाले मन्त्री सँग अन्तर्वार्ता लिइरहेको समयमा विमानस्थलभित्र चरिरहेको भैँसीको बथान दौडेर आएपछि सबैको भागाभाग भएको देखिएको छ ।

सोमबार सार्वजनिक भएको भिडियोमा धमलाले अन्तरवार्ता लिएको देख्न सकिन्छ र उताबाट केही भैसीको बथान दौडिएर आएर धमला र मन्त्रीको टीमलाई लखेटेको देखिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी क्षेत्र जहाँ पछि अधिग्रहण गरेर अहिले तारबार गरिएको छ, तर समयमै यहाँ निर्माणका काम नहुँदा र विमानस्थल पूर्ण सञ्चालनमा आउन नसक्दा घाँस उम्रेपछि स्थानीयले खोलाको छेउतिरबाट लगेर यहाँ भैसी चराउने गरेका छन् ।

अबौँ रकम खर्च गरेर निमार्ण भएको विमानस्थल चरन क्षेत्रमा परिणत भएपछि धेरैले आलोचना गर्ने गरेका छन । यता सार्वजनिक लेखा समितिमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अनियमितता र भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ । उजुरीमा करिब १३ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरिएको छ ।