काठमाडौँ । जनमत पार्टीकी सांसद गीता गुरुङले लुम्बिनी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी छन् । उनले यो पदमा बसेर जनता र देशको लागि केही गर्न नसकिने भन्दै जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै उनले पद पदत्याग गरेकी हुन् । गीता सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन् । लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।
उनले प्रदेश सभाका सभामुखसमक्ष दिएको राजीनामा पत्रमा भनेकी छिन । मेरा आदरण्ीय जनताको सेवा गर्न म प्रति कार्यक्षमताको आश गरि बसेका मेरा स्वाभीमानी जनता आमाबुवा दाजुभाई दिदी बहिनीहरुमा आसाका किरणहरु स्वलुप्त भैरहेको आवास गरेकी छु । देश जनताको पीर मर्म मैले राम्ररी बुझेकी छु । तसर्थ देश र जनता माथि कोही हुँदैन भन्ने मेरो मान्यता छ । म मेरो पदमा रहिरहन उपयुक्त सम्झिएर जनताले तिरेको करबाट मैले पाउँने पारिश्रमीक लिन उपयुक्त छैन । भन्दै उक्त पत्रमा लेखेकी छिन । यता जनमत पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्रकेश गुप्ताले आज राजीनामा दिएकी सांसद गीता गुरूङ बेपत्ता भएको बताएका छन् । समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा सभामुखसमक्ष राजीनामा दिएकी छन् । राजीनामा दिएर सांसद गुरूङ मोबाइल अफ गरेर बसेकी छन् ।
दलका नेता चन्द्रकेशले गुरुङ २ महिनादेखि बेपत्ता भएको जानकारी दिएका छन ।
उनले गीता गुरुङ प्रदेशसभा बैठकमा पनि खासै नजाने र दुई महिना बाट आफुहरुको सम्पर्कमा नरहेको उनले बताएका छन । यस्तै उनले सांसद बनाएर गल्ती गरेको बताएका छन । चन्द्रकेशका अनुसार उनले जिम्मेवारी पुरा गर्न नसकेको अरोप लगाएका छन । गुरूङ पार्टीको सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको भन्दै उनले राजीनामा आए स्वीकृत गर्ने बताएका छन । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले राजीनामा कार्यालय आइनसकेको र आफूले मिडियाबाट सुनेको बताएका छन् । यता पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनीसभाकी सांसद गीता गुरूङ बेलायत पलायन भएको खुलेको छ । भैरहवाको सिद्वार्थ नगरकी स्थायी बासिन्दा सांसद गुरूङका एक नातेदारका अनुसार उनी बेलायत गइसकेकी छन् । उनले उतैबाट हस्तलिखित राजीनामा पठाएकी हुन् ।