Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ टावर भत्काउँने वा राख्ने विषयमा अन्योलमा महानगर

काठमाडौँ टावर भत्काउँने वा राख्ने विषयमा अन्योलमा महानगर

काठमाडौँ ।बालेन शाह,सुनिता डंगोल र सरोज गुरागाई बिचमा फाटो ल्याउँने काठमाडौँ भ्यु टावर भत्काउँने की राख्ने भन्नेमा अन्योलता छाएको छ । बालेन शाह र सुनिता डंगोल भत्काउनु पर्ने पक्षमा देखिएका छन । २०७२ मा स्थानीयले अग्लो टावर बनाउन नहुने भन्दै विरोध गर्दागर्दै ठेक्का लगाएको महानगर अहिले निर्माणाधीन अवस्थामै भ्युटावर आफैँ भत्काउन कस्सिएको छ । १० वर्षको अवधिमा १२ तलासम्म निर्माण भएको भ्युटावर अझै बन्न दिने वा भत्काउने के गर्ने भन्ने निर्णयमा भने महानगर पुगिसकेको छैन । पछिल्लो समयमा महानगरमा झगडाको बिउँ नै काठमाडौँ भ्यु टावर बनेको छ ।

यसले गर्दा महानगरका कर्मचारीमा मनमुटाव सुरु भएको निकै लामो समय भैसकेको छ । केही समय पहिले बालेनको सचिवालयले यसलाई भत्काउँने तयारी गरेको बताएको थियो । काठमाडौँ भ्यु टावरमा ठुलो भष्ट्राचार भएको बालेन शाहले आरोप लगाउँदै आएका छन । यहीँ कारण नै उनको केन्द्र सरकार सँग राम्रो सम्बन्ध छैन । महानगरपालिका साझेदारी निर्माण विभागका अनुसार यो भवनको १९ तलासम्मको नक्सा पास भइसकेको छ । अस्थायी नक्सापास भने ६ भदौ ०७२ मा भएको थियो । त्यतिवेला १० प्लस दुई भनेर नक्सापास गरिएको थियो । तर, सुरुमा १२ तलाको नक्सा पास दिने सम्झौता भए पनि गत ११ असोज ०८१ मा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईंले दुई तला बेसमेन्ट पार्किङसहित १७ तलासम्मको नक्सा पास गरे । सोहीकारण, मेयर बालेन र उनीबिच विवाद चर्किएको थियो । बालेनको सचिवालयले नक्सा पास गर्दा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले अनियमितता गरेको आरोप लगाउँदै आएको छ ।

यद्यपि, उक्त आरोप पुष्टि भने हुन सकेको छैन । भवन निर्माणमा महानगरको लगानी भने रहेको छैन । यी लगाएत बिभिन्न्न बिषयले महानगरमा बालेन एक्लिदै गएको चर्चा भैरहेको छ । प्रायजसो कर्मचारीहरु सुनिताको पक्षमा देखिदा बालेन एक्लिएको बताइएको छ । बालेनकोे साथमा हाल केही सल्लाहकार र विभिन्न स्थानीय तहबाट सरुवा गरेर ल्याएका विभागीय प्रमुख मात्र रहेका छन । बाँकी सबै कार्यपालिका सदस्य र विभागीय प्रमुखले मेयर साहले गरेका कुनै पनि कार्यक्रम बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । काठमाडौँ भ्यु–टावर निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ ।

मेयर बालेन शाहले काठमाडौँ टावर निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै सरकारको समेत संलग्नता रहेको आशङ्का व्यक्त गरेर काठमाडौँ भ्यु–टावर भत्काउने तयारी गरिएको पनि चर्चा छ ।