Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने,के के छन् कार्यसूची ?

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने,के के छन् कार्यसूची ?

काठमाडौंं । आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्ने तय भएको छ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । त्यही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।