Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्वोच्चले २२ दिनसम्म पनि सुनुवाइ गर्न सकेन,अनेक शंका उब्जियो

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्वोच्चले २२ दिनसम्म पनि सुनुवाइ गर्न सकेन,अनेक शंका उब्जियो

काठमाडौँ । रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले २२ दिनसम्म पनि सुनुवाइ गर्न नसके पछि विभिन्न शंकाहरु उब्जिन थालेका छन । बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील मुद्दामा शीघ्र सुनुवाइमा जानुपर्नेमा सरकारले सुनुवाइ सार्ने, मिति सार्नेजस्ता अनेक उपायहरु अपनाइरहेको आरोप लागेको छ ।बन्दी प्रत्यक्षीकरण कुनै पनि व्यक्तिलाई राज्यले गैरकानुनी रूपमा थुनेको अवस्थामा दायर गरिने संवेदनशील मुद्दा हो । तर, राज्यले गैरकानुनी रूपमा पक्राउ गरेर थुनामा राखेको भन्दै सर्वोच्चमा निवेदन परेको थियो ।

आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रवि लामिछानेका तर्फबाट गत वैशाख ७ मा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर भएको थियो । मुद्दा दायर भएको २२औँ दिनमा आइतबार बल्ल पेसी चढेको थियो । गोलाप्रथाबाट न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पनि परेको थियो । आइतबार पेसी चढेकोमा पनि हेर्न नमिल्नेमा राखिएको थियो । न्यायाधीश हुनुअघि सुनिलकुमार पोखरेलले रविकै तर्फबाट बहस गरेका कारण सो निवेदन हेर्न नमिल्ने भएको हो । रवि लामिछाने अहिले भैरहवास्थित कारागारमा छन् । लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’मा परेको यो दोस्रो पटक हो । यसअघि ८ वैशाखमा पनि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा यो मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको थियो । त्यसको भोलिपल्ट वैशाख ९ मा अब्दुल अजिज मुसलमानको इजलासले बाटोको म्यादबाहेक तीन दिनभित्र कागजप्रमाणसहित कारण देखाउन आदेश जारी गरेको थियो ।

मुसलमानको इजलासले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा परेको निवेदनलाई पनि लगाउमा राख्न आदेश दिएको थियो । त्यसपछि आइतबार बल्ल मुद्दाको सुनुवाईका लागि इजलास तोकिएको थियो । तर हेर्न नमिल्ने भएपछि अब वैशाख ३० का लागि सुनुवाईको अर्को मिति तोकिएको छ । संविधानले प्रत्येक नागरिकलाई गैरकानुनी गिरफ्तारीविरुद्ध लड्ने अधिकारका रूपमा बन्दीप्रत्यक्षीकरणको मुद्दा प्रयोग गर्ने व्यवस्था दिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो । तर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो ।

दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो । लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ग्रैहकानुनी पक्राउ पुर्जी दिएको थियो । रवि बिरुद्ध सहकारीको बिषयमा जाहेरी नदिएको तर प्रहरी बाट जालझेल भएका बिषय बाहिर आइरहेका छन ।