काठमाडौँ । प्रधानमन्त्री के पी ओली सहभागी हुनेभएपछि बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा जनता नै नगएपछि ओली जिल्ल परेका छन । आज गौतम बुद्धको २५६९औं बुद्ध जयन्तिको अवसरमा उनी लुम्बिनी पुगेका थिए । ५ हजार व्यक्ति अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा निकै कम संख्यामा केही व्यक्तिहरु सहभागी भएका हुन । ‘थोरै उपस्थिति भएपछि प्रधानमन्त्री सहभागी कार्यक्रम एकदमै खल्लो भएको आयोजकले जनाएको छ । हलको अघिल्लो लहरमा केही व्यक्तिहरु सहभागी भए पनि पछाडितिर कुर्सीहरु खाली थिए ।
न्युन सहभागी भएपछि प्रधानमन्त्री ओलीले छोटो समय मात्र मन्तव्य दिएका थिए । समारोहमा प्रधानमन्त्री ओलीसँगै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगायतको उपस्थिति रहेको छ । पछिल्लो समयमा ओली सहभागी हुने सार्वजनिक कार्यक्रममा जनताहरु जानै छाडेका छन । उनी बिरुद्ध नारालाग्नु त स्वभाविक नै भएको छ । उनी जाने सार्वजनिक कार्यक्रममा एमाले नेता तथा कार्यक्रकर्ता मात्रै हुने गरेका छन । पछिल्लो समयमा ओली प्रति जनताको वितिष्ण बढेको छ । उनको बोल्ने शैली र देखाउँने हाउभाउले बढी आलोचित हुनु परेको छ ।
२ तिहाइको सरकार भएपछि सञ्जाल देखि संसद सम्म उनको बिरोध बढेको छ । त्यसैले उनी अहिले खासै सार्वजनिक कार्यक्रममा कमै जाने गरेका छन । आज २५६९औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष समारोह आयोजना गरिएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ देखि ३० गतेसम्म तीन दिन बुद्धजयन्ती मनाउने र आज लुम्बिनीमा मूल समारोहको तयारी गरेको हो ।
कोषका उपाध्यक्ष डा ल्यारकाल लामाले वैशाख २८, २९ र ३० गते तीन दिन उत्सवका रूपमा बुद्ध जयन्ती मनाइने र विभिन्न देशका कूटनैतिक व्यक्तिहरू सहभागी हुने बताइएको छ ।
गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको लामाले बताएका छन । गौतम बुद्धको जन्म २६४९ वर्षअघि ईपू६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।