Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाह सँगको विवाद पछि काठमाडौँका सडक बाट सडक विभागले हात झिक्ने

बालेन शाह सँगको विवाद पछि काठमाडौँका सडक बाट सडक विभागले हात झिक्ने

काठमाडौँ । बालेन शाह सँगको विवाद पछि काठमाडौँका सडक बाट सडक बिभागले हात झिक्ने भएको छ । न्युरोडमा बालेन सँग भएको विवाद पछि उनी सँग भिड्न नसकेर हात झिक्न लागेको कतिपयको भनाई छ । गत असारमा सडक डिभिजन काठमाडौँले सडक विभागअन्तर्गतका सडक छेउमा रहेका बिजुलीका पोलमा सवि (सडक विभाग) लेखेपछि चौतर्फी आलोचना भएको थियो । बालेन र विभागबिच न्यूरोडमा सडक मर्मतको सन्दर्भमा ठुलो विवाद भएको थियो । गत जेठमा काठमाडौँ महानगरले विभाग मातहतको न्यूरोडमा फुटपाथ फराकिलो बनाई सडक खुम्च्या उने प्रयास गरेको थियो ।

जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकसम्मको फुटपाथ विस्तार थालेको थियो । अनुमति बिना फुटपाथ बढाउन खोजेको भन्दै डिभिजन काठमाडौँले हस्तक्षेप गरेको थियो । साथै भत्काएको सडक जस्ताको तस्तै बनाउन महानगरलाई पत्र पठाएको थियो । महानगरले पत्रको बेवास्ता गरेपछि डिभिजनले जेठ २१ गते कालोपत्रे गरिदियो । जसको प्रतिवादमा महानगरका मेयर शाहले विभाग परिसरमा सडकको माटो थुपारिदिएका थिए । चक्रपथ दोस्रो खण्ड १५ वर्षअघि भत्काएर विस्तार कार्य नगर्दा धुलो र हिलोका काठमाडौँ बासीले सास्ती पाएको उनको भनाइ थियो ।

यहि विवादपछि विभाग मातहतका सडक छेउका पोलमा स.वि. लेखिएको थियो । विभाग अन्तर्गत काठमाडौँ जिल्लाभरि ४७२ किलोमिटर सडक पर्छ । काठमाडौँ महानगरभित्रमात्रै सडक विभाग अन्तर्गत १८० किमी सडक छ । महानगरसँगको विवादपछि विभाग मातहत रहेका सबै सडकका बिजुलीको पोलमा विभागले स.वि. लेखेको थियो । यस्तो लेखेपछि विभाग चौतर्फी आलोचना भएको थियो । आफ्नो सडक पहिचानका लागि पोलमा स.वि. लेखेको विभागको दाबी थियो । यसैको प्रभावमा अहिले सडक विभागले काठमाडौँका अधिकांश सडकबाट हात झिक्ने तयारी थालेको छ ।

अबदेखि राष्ट्रिय राजमार्ग बाहेकका सबै सडक स्थानीय तहलाई हस्तान्तरण गर्न गृहकार्य थालिएको विभागले जनाएको छ । गत वर्ष महानगरसँग भएको विवादपछि राजमार्गबाहेकका सडक स्थानीय तहलाई हस्तान्तरण गर्नका लागि आन्तरिक छलफल भइरहेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताएका छन । उनकाअनुसार विभागले मन्त्रालयमा फाइल पठाएपछि स्थानीय तहलाई हस्तान्तरण गर्नेबारे निर्णय हुन्छ । त्यसपछि यी सडकमा विभागले नै हेर्ने कि स्थानीय तहलाई दिने टुङ्गो लाग्ने उनले बताएका छन । विभागकारअनुसार राष्ट्रिय राजमार्ग र करिडोर बाहेकका चक्रपथभित्रका सडक स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी थालेको छ ।