काठमाडौँ । रुपन्देहीमा रवि लामिछाने बिरुद्ध उजुरी दिएका भनिएका एक महिलाले पनि रवि बिरुद्ध आफुले उजुरी नहालेको र नाम नै किर्ते गरिएको आरोप लगाएकी छिन । सुप्रिम सहकारी कै बचतकर्ता रहेकी गीता आर्चायले आफ्नो नाम उजुरीकर्ताको सूचीमा आउँदा आश्चर्यचकित परेको बताएकी छिन । गीताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले अलिकति दैनिक बचत गरेकी थिएँ, त्यसैले आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर निवेदन दिएको हो ।
तर यहाँ कुनै व्यक्ति विशेषलाई उजुरी हालेको होइन । कसैको नाम नै दिएर हालेको पनि होइन र मलाई कुनै आधिकारिक ठाउँबाट कुनै जानकारीसमेत पाएकी छैन । तर उजुरीकर्ताको नामलिस्टमा मेरो नाम कसरी जोडिन पुग्यो, कृपया जानकारी र निष्पक्ष छानबिनको माग गर्दछु ।’ भन्दै लेखेकी छिन । वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका नारायण पहराईले यस्तो आरोप लगाएका थिए । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो । आफूले बचत फिर्ताका लागि निवेदन दिएको तर रवि विरुद्ध कुनै उजुरी नगरेको उनको भनाइ छ ।
त्यसको ११ दिनपछि वैशाख २७ गते जाहेरीको १६ औँ नम्बरमा नाम रहेकी गीता आचार्यले उस्तै दाबी गरेकी हुन् । उनले पनि बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन् । एकपछि अर्को उजुरीकर्ताले यस्तो लगाउँदा रुपन्देहीमा प्रहरीले गरेको सहकारी ठगीको अनुसन्धानमै गम्भीर प्रश्न चिन्ह खडा भएको छ । रवि लामिछानेलाई नै फसाउँने नियतले यस्तो गरेको भन्दै सरकारको र प्रहरीको बिरोध भैरहेको छ । नक्कली उजुरीकर्ता खडा गरेर मुद्दा हालिएको रास्वपा नेता–कार्यकर्ताले बताएका छन । रुपन्देहीमा पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम प्रहरीले थप जाहेरीकर्ताका रूपमा सार्वजनिक गरेको थियो ।
रवि लामिछाने माथि सरकारले पटक पटक प्रतिशोध साँध्ने गरेको छ ।
आफनालाई जोगाउँने सहकारीको दोष सबै रविको टाउँको मा राज्यले थुपारको छ । पटक पटक उनको मानब अधिकारको हनन राज्य बाटै भएको छ । रवि लामिछाने यतिबेला भैरहवा कारागारमा रहेका छन । धरौटी खारेज हुनुपर्ने मागसहित लामिछानेले उच्च अदालत तुलसीपुर बुटवलमा पुनरावेदन गरेकोमा उच्चले गत चैत २२ गते जिल्लाको आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । प्रहरीले सोही रात लामिछानेलाई पक्राउ गरी एक दिन जिल्ला प्रहरी परिसर काठमाडौँ र दुई दिन रुपन्देहीस्थित न्यायिक हिरासतमा राखेर अदालत पेस गरिएको थियो ।