Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज पनि प्रतिनिधिसभा बैठक बस्ने,के के छन् कार्यसूची ?

आज पनि प्रतिनिधिसभा बैठक बस्ने,के के छन् कार्यसूची ?

काठमाडौँ । आज पनि सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक बस्ने भएको छ । आज बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिले वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

आजैको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएसँगै नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।