Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुर्वराजा आफैँ तात्तिए, १० दिन नगरकोटमा बिताए,नयाँ रणनीति तय

पुर्वराजा आफैँ तात्तिए, १० दिन नगरकोटमा बिताए,नयाँ रणनीति तय

काठमाडौँ । पछिल्लो समयमा राजावादीहरु सेलाएएपछि पुर्वराजा ज्ञानेन्द्र शाह आफैँ तात्तिएका छन । १० दिनबाट नगरकोटमा बसेर पुर्वराजा शाहले राजनीतिक भेटघाट बढाईरहेको बुझिएको छ । नगरकोटको सोल्टी वेस्ट इन रिसोर्टमा बसेर उनले राजावादी दल र अभियन्ताहरूसँग निरन्तर भेटघाट र छलफल गरिरहेका छन । वैशाख १५ गते निर्मल निवासबाट उनी नगरकोट पुगेको बताइएको छ । उनी सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरीका डीएसपीसहितको सुरक्षा टोली लिएर नगरकोट पुगेका हुन् ।

नगरकोटमा बसेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई भेटेका छन् । पूर्वराजा निकट स्रोतका अनुसार उनी वैशाख १५ देखि नगरकोटमा बसोबास गर्दै आएका हुन् । यस्तै दोस्रो तहका राजावादी नेताहरू राजेन्द्र गुरुङ, गुरुङ, शरद राज पाठक, प्रेम बलायर, निरञ्जन थापा, निराजन बमलगायतसँग पनि भेटेका छन् । भेटमा मूलतः राजावादी आन्दोलनका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि राजावादी दलहरू एकजुट नहुँदा राजावादी आन्दोलन नै कमजोर भएपछि त्यहाँ बसेर उनले नयाँ रणनीति बनाउन थालेका छन्। उनले नगरकोटमा छलफल थालेको १० दिनपछि बिहीबार मात्रै राजावादी शक्तिहरू एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका छन्।

राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै गठन गरेको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। समितिका संयोजक नवराज सुवेदीले बिहीबार राप्रपा र राप्रपा नेपालका अध्यक्षलाई छेउमा राखेर आन्दोलनको घोषणा गर्दै यसमा राजावादी सम्पूर्ण शक्तिहरू एकजुट हुने दाबी गरेका छन्। घोषणा कार्यक्रममा राजेन्द्र लिङ्देन र कमल थापा पनि सहभागी थिए । कार्यक्रमपछि राप्रपा नेपालका अध्यक्ष थापाले पहिलोपटक हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाका निम्ति सबै शक्तिहरू एकजुट भएको दाबी गरेका छन्। थापाले राप्रपा नेपालसँगै, राप्रपा, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेना लगायत ४४ समूह एकजुट भएको बताएका छन्।

जिल्ला, पालिका हुँदै वडा तहसम्म नै संयुक्त आन्दोलन समिति गठन गर्ने पनि सुवेदीले दाबी गरे। पूर्वराजा शाहले राजावादीलाई एकजुट बनाउन नगरकोट बसेर छलफल गरिरहँदा काठमाडौँबाट सुवेदीले यस्तो कार्यक्रम घोषणा गरेका हुन्।

यसअघि ज्ञानेन्द्र फागुन गते पोखराबाट फर्किंदा उनलाई राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ¥यालीसहित निर्मल निवास पु¥याएका थिए । त्यही दिनबाट थप हौसिएका राजावादीहरूले चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए । तर उक्त प्रदर्शन हिंसात्मक बन्दा राजावादी आन्दोलन नै कमजोर बनेको थियो । त्यसपछि राप्रपाले बल्खुमा गरेको कार्यक्रम र राप्रपा नेपालले शान्तिवाटिकामा गरेको प्रदर्शन निराशाजनक देखिएपछि राजावादी शक्तिहरू समीक्षामा जुटेका थिए ।