काठमाडौँ । अब पनि गर्भनर नियुक्तिमा समस्या समाधान नभए देउवाले अन्य विकल्प खोज्ने बताएका छ । लामो समय सम्म गर्भनर नियुक्ति नहुँदा सत्ता सहकार्य नै धरापमा परेको छ । कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नभए नयाँ उमेदवार प्रस्तुत गर्ने संकेत गरेको छ । कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा नियुक्ति गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत छन् । ओलीले देउवासँगको भेटमा बिहीबारसम्ममा कांग्रेसबाट प्रस्तावित गभर्नर नियुक्ति गरिसक्ने अल्मिेटम दिएका थिए तर उक्त समय सकिएको छ । शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले गभर्नर नियुक्ति प्रधानमन्त्री वा दुई दलबीचको द्वन्द्वका कारण नरोकिएको ब्रिफिङ गरेका थिए ।
बैठकमा उनले भट्टको राजीनामा स्वीकृत नहुँदा समस्या परेको बताएका छन् । उनको ब्रिफिङपछि कायम मुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृतिका लागि केही दिन हेर्ने र स्वीकृत नगरे विकल्प दिने संकेत उनले गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिएका छन । अबको केही दिन हेरेर राजीनामा नभए विकल्पमा अर्कै उमेदवार सिफारिस गरी नियुक्तिको प्रक्रिया अघि बढाउने भन्ने भएको जानकारी दिएका छन । ती पदाधिकारीका अनुसार, तिम्सिनाले राजीनामा स्वीकृत नगर्ने भनिसकेको र स्वायत्त निकाय भएकाले दबाब दिन नमिल्ने हुँदा वैकल्पिक उमेदवार खोज्ने बाध्यतामा कांग्रेस रहेको छ । यता नेपाल राष्ट्र बैंकको कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले अख्तियारको दुरुपयोग गर्दै कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिएको राजीनामा कुनै पनि हालतमा स्वीकृत नगर्ने अडानबाट पछि हटेकी छैनन् ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अटेर गर्दै उनले कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले बैशाख ५ गते दिएको राजीनामा स्वीकृत गरेकी छैनन् । प्रधानमन्त्री ओलीले डा. भट्टलाई गभर्नर बनाउन गठबन्धनमा सहमती भएकाले राजीनामा स्वीकृत गर्न दिएको निर्देशन अटेर गरेको स्रोतहरुको दाबी छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही समयअघि कामु गभर्नर नीलमको नाम पनि सिफारिस गर्नुपर्ने बताएका थिए । त्यसपछि ओलीले त्यस विषयमा कुनै सन्देश नदिएपछि सिफारिस समितिका संयोजक अर्थमन्त्री पौडेलले पहिलो नम्बरमा डा. गुणाकर भट्ट र दोस्रो नम्बरमा नीलमको नामसहित अर्को १ जनाको नाम थप गरेर रिफारिस गर्ने गरी १९ बैशाखमा सिफारिस समितिको बैठक बोलाएका थिए । तर, विश्व पौडेलले नीलमको नाममा असहमति जनाउँदै बैठकमा नै अनुपस्थित भएपछि सिफारिस समितिले नाम नै सिफारिस गर्न नसकेको हो ।