काठमाडौँ । भारत र पाकिस्तान युद्धका निम्ति तयारी अवस्थमा रहँदा यसले गम्भिर मानविय र भौतिक क्षति निम्त्याउँने संकेत दिएको छ । अहिले दुबै देशले हवाई हमला सुरु गरेका छन । हालसम्म प्राप्त तथ्यांकअनुसार भारतमा ४८ जना र पाकिस्तानमा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ, । जसमा अधिकांश सैनिक छन् । तर, दुवै देशका सीमावर्ती क्षेत्रका सर्वसाधारण पनि प्रभावित भएका छन् । भारतको जम्मु, अमृ तसर र राजस्थानका गाउँहरू खाली गराइएको छ भने पाकिस्तानको सियालकोट, बहावलनगर र लाहौरका सीमावर्ती बस्तीहरूमा आंशिक पलायन शुरू भएको छ ।
भारतका पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् । नागरिक उड्डयन सुरक्षा ब्यूरा ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको हो । पाकिस्तानले निरन्तर आक्रमण थालेपछि भारतले पनि सुरक्षा सर्तकर्ता बढाएको छ । हिज पनि पाकिस्तानले ड्रोन आक्रमण गरेपछि भारतले पनि निरन्तर आक्रमण गदैँ आएको छ । यता भारतले पञ्जाब, राजस्थान र जम्मु क्षेत्रमा ५० हजारभन्दा बढी सैनिक परिचालन गरेको छ । पाकिस्तानले पनि आफ्नो नर्थ कमान्डअन्तर्गतका फौजलाई अलर्ट राख्दै दक्षिण र उत्तर वायु बेसहरू सक्रिय बनाएको छ ।
भारतीय रक्षा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दीर्घकालीन युद्धको तयारी गर्न भनिएको छ । पाकिस्तानको सेनाले पनि रक्षा मन्त्रालयलाई ‘अत्यावश्यक आपूर्ति र लामो अवधिको रणनीति तयारी’का लागि निर्देशन दिएको बताइएको छ ।
हालसम्म भएको हवाई हमला र प्रतिहमलामा दुवै पक्षले सैन्य हताहती बेहोरेका छन् । भारतले ५ वटा फाइटर जेट क्षतिग्रस्त भएको स्वीकार गरेको छ भने पाकिस्तानले आफ्नो ३ वटा एफ–१६ लडाकु विमान गुमाएको पुष्टि गरेको छ ।
भारतको कराँचीस्थित पाकिस्तानको एक हवाई ट्राफिक कन्ट्रोल सिस्टम ध्वस्त पारिएको दाबी गर्दै आएको छ । यद्यपि, स्वतन्त्र स्रोतबाट यसको पुष्टि हुन बाँकी छ ।
पाकिस्तानले भने भारतको आरोपलाई खारेज गर्दै कराँची विमानस्थल र हवाई नियन्त्रक प्रणाली चालू रहेको जनाएको छ । यता सशस्त्र प्रहरीको सक्रियतालाई सघाउँदै नेपाल प्रहरीले पनि आफ्ना सीमा नाका आसपासका इकाइहलाई उच्च सतर्कतामा राखेको छ । (आईजीपी) दीपक थापाले देशभरका प्रमुख नाकाहरूमा रहेको प्रहरी जनशक्तिलाई सचेत र सजग बनाइएको बताएका छन ।