Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसका उपप्रधानमन्त्रीले दिदीलाई फरार सूचीमा राखेर लुकाए, बालमन्दिर काण्डले लियो अर्को रुप

कांग्रेसका उपप्रधानमन्त्रीले दिदीलाई फरार सूचीमा राखेर लुकाए, बालमन्दिर काण्डले लियो अर्को रुप

काठमाडौँ । नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ठगीको मुद्दा चलाएको छ । बुधबार कार्यालयले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगीको कसूरमा मुद्दा दायर गरेको हो ।तर,प्रहरीले मुख्य अभियुक्त रिता सिंह वैद्यको बयानसमेत नलिई अदालतमा मुद्दा लगेको हो ।

रितासहित १७ विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता गरेको छ । सबैलाई फरार बनाएर मुद्दा दायर गरिएको छ । उनीहरूमध्ये १६ जनाको बयान लिइएकोमा रिताको बयान लिइएको छैन । एक वर्ष लगाएर प्रहरीले यो मुद्दाको अनुसन्धान गरेको थियो । १६ आरोपीको बयान मात्र अभियोगपत्रमा समावेश गरिएको छ । आरोपीहरू शक्तिशाली भएकाले मिलेमतोमै मुद्दालाई फितलो बनाइएको स्रोत बताउँछ । बि।स। २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।देशभरका अनाथ बालबालिकाको सरकारले संरक्षण गर्न भन्दै बनाइएको संगठन र दिइएको जग्गा बालमन्दिर सञ्चालन समितिले व्यापारीलाई कौडीको भाउमा दिएको थियो । महान्यायाधिवक्ताको कार्यालयले उक्त बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाउने निर्णय गरेको र अहिले प्रक्रिया सुरु भइसकेको बताइएको छ । काँग्रेसले सकेसम्म रितालाई जोगाउने प्रयास गरिरहेको छ ।

बालमन्दीरका नाममा रहेको जग्गालाई रिताले कपट पुर्ण तरिका बाट हिनामिना गरेकी हुन् । सिंहसहित तत्कालिन बाल मन्दिरका उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै यस्तै पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई प्रतिवादी बनाइएको छ । घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले १४ वैशाख ०८१ देखि सुरु गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गत १४ माघमा मात्रै उक्त प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको थियो । चौतर्फी दबाबपछि २२ वैशाखमा महान्यायाधिवक्ता कार्यालयले घटनामा संलग्नविरुद्ध ठगी मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो । सोही मुद्दा बुधबार अदालतमा दर्ता भएको हो । कौडीको मूल्यमा ७९ वर्षका लागि बाल मन्दिरको जग्गा भाडामा दिएर व्यक्तिगत रुपमा आर्थिक लाभ लिएको प्रतिवादीहरुमाथि आरोप छ ।

बालमन्दिर जग्गा प्रकरणमा सीआईबीका तत्कालीन प्रमुख एआईजी श्याम ज्ञवालीले गणेशमान पुत्री रीता सहित २० जना विरुद्ध २०८१ वैशाख २७ गते पक्राउ पुर्जी जारी गरेका थिए ।सीआईबीको आफ्नै अनुसन्धान र बालमन्दिरको जाहेरीको आधारमा प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री भएको बेला उनीहरुमाथि अनुसन्धान अघि बढेको थियो । तर, असार तेस्रो साता प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस र एमाले मिलेर सरकार बनाए ।केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री भए भने बालमन्दिर जग्गा घोटलाकी प्रमुख आरोपित बालमन्दिरकी सदाबाहर अध्यक्ष रिता सिंहका दाजु प्रकाशमान सिंह उपप्रधान एवम् सहकारी विकास मन्त्री भए । सो सरकारले सीआइबी प्रमुखबाट श्याम ज्ञावालीलाई हटाएर उनीमाथि नै छानबिन गर्यो । ज्ञावाली हटाएर सीआईबी आएका दीपक थापाले अघिल्लो नेतृत्वले सुरु गरेको अनुसन्धान फितलो बनाएर मुद्दा बुझाएका थिए ।